Thursday, September 11, 2014

दिसा मुक्त काठमाडौं अहिलेको आवश्यकता -Moin Uddin

दिसा मुक्त काठमाडौं अहिलेको आवश्यकता

– मोइन उद्दिन


काठमाडौं एउटा हाम्रो देश नेपालको राजधानी मात्र नभइकन यहाँ भए भरका देश तथा विदेशी मुलुकका नागरिक र केहि परका विदेशीहरु आएर यहाँ आÏनो कर्मथलो बनाएर बसिरहेका छन ।

दिन प्रतिदिन चाप बढ्दैछ र यसले काठमाडौंलाई अझै कोचाकोच सार्वजनिक बस जस्तो बनाइदिई सकेको छ – जताततै हुलैहुल र त्यस माथि फोहोर र धुलो मैलो उस्तै, हिड्नै मुश्किल तर हिड्नैपर्ने बाध्यता र कमसेकम २० ग्राम धुलो  खाएर घर फर्किनु त प्राय नियतिनै बनिसकेको छ ।

म विद्यार्थी हुँ । बिहानै कलेज जानुपर्छ पढ्न र साह्रै घिन लाग्छ मलाई काठमाडौंका सडक अनि गल्लिहरु हिड्न तर नहिडे पनि त चैन छैन – पढाई र अरु कामहरु छुट्छ ।

घिन लाग्नुको कारण भनेको बाटोमै राती दिसा गरेर हिड्छन – एउटा गल्लि पार गर्न पाएको हुदैन अर्कोमा दिसा गरिसक्या हुदाँ रहेछन, झन त्यस माथि यस्तो चहलपहल हुने मूल सडक र सटरका पेटीहरुमा दिसा गरेर यत्तिकै घिन लाग्दो पारामा छाडेर जान्छन ।

यो लेख लेख्दा सम्म मैले एक बाटा थुक थुकिनै सके –घिन लाएर – तर लेख्नैपर्ने बाध्यता तुल्यायो मलाई ।

झन त्यस माथि घरमा पाल्ने कुकुरहरुलाई समेत यि कुकुर पालुवाहरुले मर्निङवाक, इभिनिङ्गवाकको बहानामा आÏना कुकुरहरुलाई दिसा पिसाब गराएर घर लग्ने गर्दा रहेछन । यिनिहरुको गँु पनि त्यत्तिकै घिन लाग्दो हुन्छ –छ्या ।

यि कुकुर पालुवाहरुले गर्दा प्राय बिहानै बिहान अरुहरुको घरको आगँन, पेटी अझै भनौ न बिचारा पसलेहरुको पसलमा दिसा गरिदिदाँ त्यहाँ बिहानै कलेज, अफिस जान दुनोट, पप, सेल, मालपुवा, दुध किन्न आउनेहरुलाई घिन मानि मानि समान किन्न आउनुपर्छ र त्यसको स्मरण खाना खादाँ आएको आई गर्छ ।

कत्ति पटक कलेज जादाँ बिहान अध्याँरो हुन्छ , जाडो बेलामा त झनै टेन्सन –अध्यारोको कारणले नदेख्एला भन्ने पिर र त्यसैमा चिप्लेर लुगामा लाग्नुको साथै चोटपटक लाग्ला भन्ने अर्को ठूलो खतरनाक चिन्ता, लडे मात्रै त ठिक हो तर गुँ लाग्दा त बेसिनै रिस उठ्ने गर्छ , मारिदिऊ कि क्या हो भनेर जिब्रामा गाली समेत आइहाल्छ ।

कत्तिपल्ट त जुत्तामा लाएर फाल्न समेत परेको छ ।

यो कुकुर पाल्नेहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ जब उनीहरुका कुकुरहरुले बाटोमा दिसा गरिदिदाँ या उनीहरुलाईनै सोर्न लाएर पानीले सफा गराउनुपर्छ, यसको क्षतिपूर्ति तिराउनुपर्छ । मन लागे कुकुर पाल्ने र अझ फेसबुकमा मेरो डार्लिङ्ग, कस्तो क्यूट है भनि किस गरेको फोटो राख्न हुने र दिसा पिसाब गराउन जथाभावी अरुको घर, बाटोमा हग्न लाउने ?

झन यस्ता जड्याह मानिसहरु छन यो काठमाडौंमा – राती भट्टीमा टनाटन रक्सी खाएर बाटोमै दिसा पिसाब गरेर आÏनो इज्जत् त फाल्छन र भुईमा लमपसार भई सुतिरहेका हुन्छन । कति पटक त मुटुनै कामी कामी र घिन मानिकन त्यै बाटो भएर हिडेको स्मरण पनि ताजै छ ।

हुन पनि हो, काठमाडौंका सडकहरुमा निकै कम ट्वाइलेटहरु छन । यत्रो राजनितिक पार्टीहरुले भाषण अनि महाधिवेषण गर्नको लागि खुलामञ्चको प्रांगन प्रयोग गर्छन, त्यहाँ कुनै पनि पार्टीले ट्वाइलेट बनाइदिएका छैनन् – त्यही स्टेज पछाडी गएर हुलका हुल कार्यकर्ता र आम जनताहरु पिसाब र दिसा च्यापे पछि त्यही गर्छन । भाषण गर्ने दलका नेतालाई कस्तो नगन्हाको होला, छ्या...उफ्...

झन असन, भोटाहिटी त सधै भिडभाड हुने ठाउँ, त्यहाँ पनि ट्वाइलेटको सुविधा छैन, यसो आखाँ छली अरुको पसलको कुनामा गएर मुत्रविर्सजन गर्नेहरु पनि छन ।
यस्तो भिआईपि ठाउँहरु जस्तै दरबारमार्ग, कान्तिपथका पेटीहरु, प्रधानमंत्री निवास जस्ताका बाटोमा समेत दिसा पिसाब गर्दा सम्म कसैलाई घिन र कार्वाही नगरेको देख्दा पो अचम्म लाग्छ ।

काठमाडौंमा प्राय हरेक सडकमा ट्वाइलेट बनाउन जरुरी छ र जसले जहाँ पाई त्यही मुत्र र दिसा विर्सजन गरेमा या कुकुरहरुलाई गराएमा त्यस्तो व्यत्तिहरुलाई कानुनको दायरामा ल्याई सजाय दिनैपर्छ ।

काठमाडौंलाई दिसा पिसाब मुक्त राज्य बनाउनुपर्छ , यसले देशको गरिमालाई तल पारिरहेको छ । कस्तो स्मरण लिएर जाला यि अतिथिहरुले – काठमाडौंको जुनै पनि ठाउँमा दिसैदिसा मात्र पाइदो रहेछ भन्ने – हो ?
सम्बन्धित निकायले चाडौ भन्दा चाडो कदम चाल्नुपर्छ, ठाउँ ठाउँमा र विशेष गरि सार्वजनिक भिडभाड हुने ठाउँमा फ्रि या त कम शुल्क लिई सफा ट्वाइलेट बनाउन जरुरी छ ।

सरकारी अस्पताल र कलेजहरुको हालत पनि उस्तै घिन लाग्दो छ ।

दिसा मुक्त काठमाडौं अहिलेको आवश्यकता हो ।

यो लेख नेपाली राष्ट्रिय दैनिक पत्रिमा नागरिक दैनिकमा पनि छापिएको छ ।

+
सम्पर्कको लागि इमेल ठेगाना– moinuddin_200000@yahoo.com



No comments:

Post a Comment