Monday, September 15, 2014

प्रकृति संग खेलबाड नगरौ । Moin


प्रकृति संग खेलबाड नगरौ ।

मोइन उद्दिन

देशमा अहिले बाढी पहिरोले गर्दा केही सहर र गाउँहरु बाहेक सबैलाई मर्कामा पारेको छ । सबैजना बिचल्लीमा छन । मिडिया, चाहे त्यो फेसबुक, टि.भी, रेडियो, इन्टरनेट जे सुकै होस् सबमा यहि कुरा छन । लेख, फोटो, अडियो, भिडियो सबै तिनीहरुकै बारेमा छन ।

यि विषयमा लेखकहरुले लेखेको लेख म पढ्ने गर्छु – ओहो कस्तो विडम्बना, उस्तै रहेछ जीन्दगी – सतीले सरापेको देशमा आउनेनै भयो नि यस्ता प्राकृतिक प्रकोपहरु । खाली हामीले नै किन भोग्नुपर्‍र्या – पल्ला गाउँमा त जाँदैन खाली दैवले मात्र हामीलाई समाउँछ, कुन जुनीको कर्मको फल भोग्नु परिराछ – कस्तो भाग्य लिएर जन्मिएछु भन्नेहरुको जमात तपाई र मेरो छेवैमा छ ।

प्राकृतिक प्रकोप कहिले आफै आउँदैन । शरिरमा रोग यत्तिकै कहिले लाग्दैन । जब मनमा खोट हुन्छ र यसलाई नियन्त्रण गर्न सकिदैन, मनलेनै भनेको काम र दिमागले यसलाई राम्ररी विशलेषण गर्न नसक्दा, मन परि लाएका परिकारहरु खाँदा – लज्जास्पद कार्य जस्तै अनैतिक सम्बन्ध मनपरि जसलाई मन लायो उसै संग गाँस्दा – जे कुराबाट बच्नु भनेको छ, त्यहीबाट आफूलाई नबचाउँदा– शारिरिक रोग लाग्छ ।

डाइवेटिज रोग लाएको विरामीलाई डाक्टरले राम्ररी सुझाएको हुन्छ – के खानु र के नखानु भनेर र उसले मनमा खान मन लाएका कुरा – मासु , मिठाई, खिर, फलफुल खादाँ कसलाई हुनेछ हानी ? उसैको – तर ऊ संगै रहि आएका सबैलाई मर्का पर्न जान्छ – आर्थिक हिसाबले त हुनेनै भयो, झन मानसिक हिसाबले पनि आफन्तहरुलाई ठेस पछि सम्मको लागि पुग्न जान्छ ।

हो, यो प्राकृतिक प्रकोप पनि मान्छे आफैले ल्याएको हो । यो बाढी पहिरो मन खुसीले आएका होइनन, यसलाई त्यही मान्छेलेनै ल्याएको हो । कुनै विद्धानले गलतनै भनेका रहेछन ,“ मानिस संसारको सबै भन्दा उत्तम र विवेकशील प्राणी हो ।” उच्च र राम्रो विवेकशील भएको भए उसले पहिलो चोटी गल्ती गरि हालेमा पनि तुरुन्तै सुधार गरि हाल्थ्यो तर कहाँ गरोस् र उसले ।

इन्जिनियरहरुले व्यपारिहरुलाई भनेकै थिए र यो समान्य सरल रुपले बुझिनुपर्ने कुरा हो कि नदी, खोला या त समुन्द्रको सतहलाई बालुवा, दुङ्गा इत्यिादि सामाग्रीले ओगोटेको हुन्छ र सम्हालिराको हुन्छ । मानौ अहिले त्यही सतहलाई मध्यनजर गरि तटबन्ध बनाउँदा त्यसैमानै निर्भर रहि पुल या तटबन्धहरुलाई अडियाइएको हुन्छ र जब मानिसले त्यहाँका सामाग्रीलाई लिन खोज्दा विचार नपुर्‍याई – त्यो सर्छ र अत्याधिक मात्रामा निकाल्यो भने त्यो चिप्लिएर पुरै भत्किने सम्धावना हुन्छ र यहि भएको छ देशभर – एकै साथ आइरहेका बाढी र पहिरो ।

जब ठुल–ठुला नदी खोलाहरुको अस्तित्व रहदैन तब साना खोला नाला जत्ति मज्बुत र आकर्षक बनाइएका भए पनि त्यसको कुनै महत्व रहदैन ।

अलि मात्र होइन, निकै विचार पुर्‍र्याऔं । प्रकृति संग खेलवाड गर्दा उसले पनि त्यही अनुरुप व्यवहार गर्छ । उसलाई राम्रो गरि एक फेर त हेनुर्स उसले पनि तपाईलाई हितैशी ठान्नेछ । ऊ संग छलकपट गर्न कोसिस मात्रै त गर्नुस अनि तपाईलाई – कहाँ–कहाँबाट प्रकृतिले ठग्नेछ – त्यो मज्जाले उहिनै बेला थहा पाउँनुहुनेछ । बुद्धिमानी त यहि कुरामा छ कि हामीले आÏनो बानी सुधारौ र प्रकृति संग मिल्ने साथी झै व्यवहार गरौ – आफ से आफ सबै सुखका साथ हासी खेली जीवन बिताउन पाउँनेछन ।



इमेल  –moinuddin_200000@yahoo.com

No comments:

Post a Comment