: मोइन उद्दिन
आजका युवालाई कसले सम्झाउने होला???
हिजो आज पढेका नपढेका जस्तासुकै युवावर्गलाई विदेश जान भनेपछि त खै के हो ठूलै चिठ्ठा हात पारुला भनेर फूर्तिका साथ तन मन धनले साथीभाईलाई रेस्टुरेन्टमा लग्न भ्याएर ,नाचगान र केहि मदिरापानमा डुब्दै विदेशमा टिभीमा देखाईने रमझमको कल्पनामा डुब्ने गरेको देखिएको छ।
आजका युवालाई कसले सम्झाउने होला, म त सम्झाउदाँ सम्झाउदाँ थाकिसके, हुन त म नि युवानै हु, मलाई बुढो चाहिं नसम्झनु होला, म भर्खरको २३ वषिए ठिटोनै हु तर अलि साथिभाईको बारेमा चिन्ता चाहि लाग्छ त्यही भएर सम्झनउने गर्छु उनिहरुलाई बेला बेलामा।
कति समस्याहरुछन्, कति पिडाहरु भ्mेल्नुपर्ने हो, कति कति अनगिन्ती आºना प्रिर्यजनका मनमुटुलाई छियाँछियाँ पार्दै विदेशमा गएर त्याहाँको पिडालाई सहन नसकेर, एक्लै सानो कोठामा रोएर आफु विदेशमा खुसी छु भनेर यताबाट उता घरमा फोन गर्छन् र बोलीबाट खुसी पार्छन्।
सत्यता त उसैलाईनै थाहाँ छ तर सुरुमै उसले आºनो बुद्दिलाई बिर्गादा कसको के लाग्छ र ?
विदेश जान कहाँ सजिलो छ र ? पासर्पोट चाहियो, त्यसलाई झिक्न पैसा चाहियो अनि अरु अन्य कागजात पनि चाहियो तर सबै सक्कली, अनि तपाई आफै भन्नुस न सबै संग सक्कली प्रमाण पत्र हुन्छ र ? भन्नुस त ? हुदैहुदैन नि, तर पनि विदेश जाने रहरमा नक्कली कागजात बनाउँछन् र छलेर जान्छन् अनि केहि दिन पछि सबैपर्दाफास हुन्छ र लज्जित भएर आºनै त्यहि प्यारो घर फर्किनुपर्छ तर पनि उसलाई पहिला जस्तो उसले काँ सक्मान पाउँछ र? पुरै जीवन लज्जित भएर त्यहीं बस्नुपर्छ ।
अब तपाई आफै भन्नुस न, के यो सहि भयो त? भएन नि है?????
हाम्रो इच्छा, आंकांछया, कति हो कति तर यो नि हाम्ले बुझनु जरुरी छ कि हाम्रो कतिपय सपनाहरु पुरा हुन सक्दैनन्। अब तपाई आफै भन्नुस न, एउटा बिरालोले म सिंह बन्छु भनेर जिद्दी गर्र्यो भने उसैलाईनै घाटा हुन्छ, उसले थहाँ पाउँछ पछिकि ऊ बिरालोनै हो, सिंह होइन भनेर,त्यतिखेर उसलाई पछुतो हुनेछकि मैले व्यर्थमा आफू लगायत अन्य धेरैको आशमा पानी फेर्न पुगेछु भनेर।
लहै विदेश जानेनैहो भने १००० चोटी चाहिं पछि आउन सक्ने दुर्घटनाको बारेमा सोचेर आºनो कदम चाल्नुहोला । त्यै हो म जतिनि मेरो साथीभाईहरु संग भेट्छु र यस्तैकुराहरुको प्रसंग चलिरहदा म निकैनै चिन्तित हुने गर्छु, उसलाई आउन सक्ने सकस्याहरु मलाईनै पर्न जाने होकि भन्ने भान हुन्छ मलाई र कोनै चहान्छ र आफुलाई त्यस्तो डरलाग्दो समस्यामा पिरलिएको हेर्न। म त सक्दिन र यस्तो डर लाग्दो र एक्दमै यसका पिडा र दुखहरु सम्झेर भित्रभित्रनै कपकपी र अनेक प्रकारका कहिलेनि नकल्पिएका आँधी, हुरीबतासहरु चल्न थाल्छ। क्हिले काहीँ त म रुननै पुग्छु जब पत्रपत्रिका, टिभी अनिअरु माध्यमबाट विदेश गएकाहरुको दुख लाग्दो व्यथाहरु सुन्नमा आउँदा ।
मेरो एक जना साथी छ, ऊ रामै्र ठाउँmमा काम गर्छ, भखैरै केहि दिन मात्र भयो उसको एकजना उसलाई राम्ररी उसलाई बुझने च्वाँक मैयाँ संग प्रेम पनि भाको छ तर उसको सपनानि निकै ठुलो छ, उसले पनि अरु जस्तै पैसालाई महत्तव दिने गर्छ, हो ठिकै हो पैसा चाहिन्छ, यो कुरा संग म पनि सहमत छु तर पैसा चाहि सबै थोक हैन है भनेर म सम्झाउने गर्छु, उसले मेरो कुरा माने जस्तो गर्छ। म उसलाई अझै भन्ने गर्छु उसैको प्रियसीलाई अगाडि राखेर, झन कफिको साथमा मिठो खानेकुरा खाँदै म अनेक लजिकल उदाहरण पेश गर्छु जसको कुनै विपक्षी तर्क राख्न उसलाई हम्मेहम्मे पर्छ।
जाने बेलामा,मैले त्यत्रो सम्झाउँदा उसले नमानि रहदा मलाई झवाँक चल्याथ्यो र त्यसलाई जिस्केर भन्याथे, ल है अब देखि मेरो बहिनीलाई छोड,अर्कै केटा उसको लागि खोज्नुपर्ला भन्दाखेरि, उसले आºनै अनुहारलाई कस्तो अध्यारो गरेरे उसको प्रियसीलाई हेरेर, भन्याथ्यो, के तिमी साँच्ची अरु संग जाने हो भनेर आºनो भाले जस्तो कपाललाई सुम्सुमाएको थियो, त्यो क्षण समझिदा मलाई निकै हाँस उठेने गर्छ ।
भन्नुको तात्पर्य के हो भने विदेश किन गइराख्नुपर्यो? यहि आºनै देशमा आºनो प्रियजनहरु संग केहि दुख र केहि आईपर्ने समस्याहरु संग हासिँखुसी ति पलहरुलाई स्विकारेमा सधै मनमा सन्तुष्टि पाईनैरहनेछ। तर कसले मेरो कुरा मान्ने होला र ?????
यो लेख नेपाली राष्ट्रिय दैनिक पत्रिका “नागरिक दैनिक पत्रिका”मा पनि छापिएको थियो ।
ईमेल: moinuddin_200000@yahoo.com
No comments:
Post a Comment