मिति : २०७१–०५–२७
म केहि काम विशेषले खिचापोखरी गएको थिए । यसो बोर लाग्न थाल्यो, जाऔं न त वसन्तपुर भनेर आफैलाई भने । वसन्तपुर जादाँ मलाई एकप्रकारको रमाइलो अनुभव हुन थाल्छ र त्यहाँ गएर म प्राय सबैको जीवनलाई आफूमा उभ्याएर नियाल्ने प्रयास गर्छु ।
त्यहाँ जस्तो सुकै खालका मानिसहरु आउँछन तर प्राय ठिटा–ठिटी, जो एकअर्कालाई बुझ्ने या त अलि बुझेर बढी बुझ्ने प्रयासमा अलि परको सम्बन्धलाई हात समाति नजिक ल्याई अंगालो मार्ने प्रयास र मिठा बात गर्ने कोसिसमा दुवै रहनछन तर सुरु कसरी गर्ने भनि सोच्दा सोच्दै यत्तिकै बिना सित्ति ५,६ सय रुपैया सिध्याएर घर फर्किने गरेको देखेको छु ।
५,६ सय कसरी सिध्न्छि भनेर सोध्नुहुन्छ भने, अब त्यहाँ गए पछि कफि सपमा छिर्नै पर्र्यो । कफि मात्र खुवाएर आफूलाई चिप क्लासको भनि सोच्लान भनेर अरु खानाका आइटम मगाउनै पर्र्यो, त्यै भएर कम्तीमा त्यति खर्च हुन्छ पो भनेर भन्या के......बात सुरु कहाँबाट गर्ने भन्दा भन्दै बात सिध्सिकेको हुन्छ । विचारा....सित्तैमा केहि नगरि पैसा खर्च भएकोमा पिर बढ्दै जादो रहेछ, कोहि बसैलाई ।
यो त भयो ठिटाठिटीको कुरा, यहाँ जादाँ मैले अर्को कुरा के अनुभव गरेको छु भने मान्छेले आफू अलि कन्फिडेन्ट भएको महशुस गरेको छु –भन्नुको मतलब यहाँ प्राय फेसेनेबल मानिसहरु आउँछन तर त्यति फेसेनेबल नभएका पनि आउँदा ति समान्य लुगा लाएको मान्छे पनि त्यहाँ स्पेसियल बन्न पुग्छन भने , उहि लुगा, चाहे त्यो च्यातिएको किन नहोस् फेसेनेबल लुगा हुन आउँदो रहेछ, झन विदेशीहरुको अनेक खालको पहिरनले त अर्कै सान बोकेको हुन्छ ।
म उता पट्टिको सानो चिया पसल संचालन गरेकी दिदी कहाँ गएर, दिदी चिया पाउँ न भनि कुर्सीमा बस्दा परेवा, भंगेराहरु आहार खोज्दै आएको देख्दा मज्जा अनुभव गर्छु ।
उनीहरुलाई म , आÏनो आत्मा हाली अनुभव गर्ने गर्छु । हामी मानिस जस्तै हुन यिनिहरु जस्तो लाग्छ, खानाको लागि संर्घष, कहिले यहाँ भुर्र उड्छन भने कहिले उता, चनाखो भई, कोहि मानिस आउँदा डरले अलि पर उड्या सरि गर्छन र गई सके पछि त्यही छाना भएको ठाउँमा आई, आÏनो चुच्चोले टोकी, मुखमै बोकेर छानामा गई, टोक्दै फुटाउदै, आÏनो गुडमा लग्दा रहेछन ।
म उठ्छु र यसो वरिपरि हेर्छुै । सबै जना आÏनै दुनियामा मस्त, कसैलाई कोहि संग मतलब छैन, छ त केवल, आफू संगै आएका साथी नत्र खुई खुई स्टाइलिस पारामा पहिरन र सानो चिटिक्क परेको व्याग बोकी रातो हिलको जुत्ता टक टक टक टक गर्दै, बाक्लो कालो रेव्यान चस्मा, अनि लिप ग्लसको साथमा हातमा Ïयान्सी व्याङ्ड र कपाललाई चुल्ठा पारेर आÏनो गन्तव्य तिर गइरहेकी हुन्छे ।
विदेशीहरु गाइडको कुरा सुन्नमा मस्त अनि अरु त फोटो खिच्न र खिचाउनमानै रुचाई रहेका हुन्छन ।
वसन्तपरमा प्राय सबैलाई तर खासमा विदेशीहरुले मोबाइल चार्ज गरुन भनेर सोलारबाट चार्ज हुने उपकरण जोडेको रहेछ, के हो भनेर हेर्न जादाँ वरिपरि मानिसहरु थिए, मैले सोधे, दाई यो के हो, उनले भने, भाई यो मोबाइल चार्जर हो, सोलारबाट चल्ने तर यहाँका फटाहहरुले बिगारी देका छन, मलाई झन खुल्दुली भयो, अनि दाई यो निकाल्दै हुनुहुन्छ कि बनाउन लाग्दै हुनुहुन्छ ? बनाउन लाको । अनि दाई यसलाई निगरानी गर्ने त हुन्छ होला नि ? त्यै त त्यो नहुदाँ यस्तो समस्या आइपरेको हो भनेर भने ।
मैले मनमनै प्रश्न गरे कस्ता खालका मानिसहरु रैछन, छ्या भनेर त्यहाँबाट फर्किने निर्णय गरे र गोरखापत्रको कार्यलय हुदै न्यूरोड जान थाले । त्यहाँ निरको पेटी त माग्नेहरुले ओगोटेका हुन्छन ।
प्राय : माग्नेहरुमा महिला हुने गर्छिन, २, ३ जना सन्तानका साथ, दई वटा अलि ठूला हुन्छन – उनीहरु कचौरा समात्दै माथि चयातिएको सर्ट र तल नाङ्गै ठिङ्ग उभिरहेका हुन्छन, आमा तर्फ फर्किदै आÏनै भाषामा खोइ के मागिरहेका हुन्छन र यता ति माग्ने आइमाइले, आÏनो स्तनबाट सानो काखी बच्चालाई दुध खुवाइरहेकी हुिन्छन र बटुवाहरुलाई भग्वानले कल्याण गरुन भनेर अनुरोध गरिरहेकी हुन्छन – पैसा देओस् भनेर ।
बाटो त्यसै भिडभाड – अलि पर पुगे पछि – गुदपाक देखि तितौरा पसल सम्ममा मानिसहरु किन्नको लागि लामबद्ध भएको देख्छु । कोहि क्यामेरा पसलमा गई मोल सोध्छन, कोहि त्यो पिपल बोटमा गएर जुत्ता सिउन या त पालिस लाउन कस्सिएका हुन्छन भने त्यही पिपल बोट को मुनि पत्रपत्रिका, म्याग्जिन, किताब हातमा लिई – के रहेछ भनेर पाना पल्टाइ रहन्छन – विवेकानज्द देखि लिएर भारतका भनाउदाँ कलाकार र हाम्रै भन्न पनि अलि मलाई मन लाग्दैन तर जे छ त्यो लेख्नैपर्र्यो, सुष्मा कार्कीले –ल तिमीहरु हेर्छौ हैन त, ल हेर भनि देखाको जस्तो गरेर आÏनो अंगमा भएको ट्याटु देखाउनको साथै अरु मन जित्ने उत्तम किताब जस्तै सफल कसरी बन्ने, यू क्यान विङ सम्मका किताबबाट ति लेखकहरु दात देखाइ स्वागत गर्र्या सरि गरेको देख्छु ।
म न्यूरोड गेट पछि बायाँ मोडिडै घर फर्कन्छु र मेरो यात्रा वसन्तपुर दखि न्यूरोड सम्म त्यही समाप्त पारि मैतिदेवी ११ नंबरको बस्मा घुम्दै फिर्दै, यता उता हेर्दै, मनमनै कुरा खेदाउखै आधि घण्टा जत्तिमा आइ पुग्छु ।
नाम – मोइन उद्दिन
इमेल– moinuddin_200000@yahoo.com
वसन्तपुर हुदै न्यूरोड सम्मको ७५ मिनेट ।

No comments:
Post a Comment