Friday, September 19, 2014

त्रि.विको लापर्वार्हिपन

: मोइन उद्दिन

त्रि.विको लापर्वार्हिपन

यत्रो ठुलो विश्वविद्यालय, जहाँ लाखौं संख्यामा देशका कुना काप्चाबाट, केहि गरौला, केहि पढेर  सुर्वण भविष्य बनाउला, नाम र त्यसको साथमा दामपनि आर्जन गरौला भन्नेहरु दिन प्रतिदिन कसरतका साथ मिहिनेतका साथ पढ्न त पढछन् र नपढ्ने फाल्टुमा लापर्वाह गर्नेहरु बाहेक अरु उत्तिण हुन्छन र नयाँ योजनाहरु बुन्न उत्साहित हुन्छन् तर त्यो उत्साह जब त्रि.विको कार्यलय पुगछन् विद्यार्थीहरु आºनो पढाईसंग सम्बन्धित कागजात लिन तब सप्पै आर्जेका उत्साहित सपनाहरु एक एक गर्दै रिसमा पर्णित हुन थाल्छ त्यहाँका रितिरिवाज र कर्मचारीले विद्यार्थी प्रतिको उदेकलाग्दो क्रियाकलाप र व्यहार देखेर ।

लाखौं विद्यार्थीहरु हरेकदिन त्यहाँ आउँछन् आºनो कागजात लिन तर त्यहाँ सप्पैको उद्देश्य एउटै हुन्छ कि कसरी कम र चाडै भन्दा चाडै समयमा आºनो कागजात लिएर जाउँm तर अव्यवस्थित त्यहाँका रितिरिवाज यानी कहिले यो ल्याउँ, त्याँ निवेदन देऊ, उता पैसा बुझाऊँ भनेर नचाहिदो दुख दिएर विद्यार्थीहरुलाई ठग्ने गर्छन् र अर्काे सम्सया भनेको त्यत्रो लाईनमा बस्दाँ नि, सानो, तिनिहरु आफैले ति गल्तीहरुलाई सच्याउन सक्ने हुदाँ नि ल्याथयाङ ल्याथयाङ गरेर अर्को हप्ता आउन भनि होच्याएर बोल्ने तिनिहरुका असभ्य व्यवहारले गर्दा रिसको पारालाई निकैनै तताउने गर्छ।

मलाई मेरो कागजमत लिन एक महिना भन्दा बेसि समय लाग्यो, झन मेरो साथीको त अझैनै उसले लिन पाको छैन, यस्तै पिडा दिनहु त्यहाँ आºनो कागजात लिन आउने विद्यार्थीहरुले भाग्नुपर्छ र रिस अनि तिनिहरुका अत्यचारले गर्दा एउटा साझो विद्यार्थीले अत्यचार सहननसकेर झगडा गर्नुपर्छ र आखिरमा त्यै विद्यार्थीलाई दोषी ठहर गरिन्छ र सजाय दिईन्छ। अब तपाई आफै भन्नुस गल्ती कसको, एउटा सोझो विद्यार्थीलाई कसले धच्धचाउँछ कुकर्म गर्न??? यि यस्ता अत्याचारीहरुले गर्दा ऊ त्यस्तो हुन पुग्ने हो।


ईमेल:moinuddin_200000@yahoo.com  

यो लेख नागरिक दैनिक पत्रिकामा छापिएको थियो ।

No comments:

Post a Comment