Thursday, September 4, 2014

भग्वानको खिल्ली अनि व्यथा

भग्वानको खिल्ली अनि व्यथा

मलाई आफू सानै छदाँ देखि लाग्थ्यो कि किन मान्छेले जनावर, चराचुरुङ्गी, रुख बिरुवा लगायतका अन्य प्रायलाई पुज्ने गर्छन र त्यै पुज्य चिजलाई फेरि हेला गर्छन । दुई मुखे व्यवहार देखाइदिन्छन यि मानिसहरु ।
गाई जसलाई प्राय मानिसले पुज्ने गर्छन र यसलाई लक्ष्मी भग्वानको प्रतिक मानि पुज्ने गर्छन, अ‍ेहो झनै तन मन र परि आएको बेला लक्ष्मी पुजाको दिन त गोठबाट – अब काठमाडौं र सहरहरुमा गोठ कहाँ पाइन्छ त्यति सजिलै तर पनि त्यो दिनको लागि गल्ली गल्ली पुगेर आफूले पुण्य कमाउन लागेको भनि निकै गर्व गर्छन र जहाँबाट भए पनि खोजेर ल्याउछन – गोबर र गर्नु पनि पर्छ किन कि भग्वानलाई पो पुज्ने हो त ।
तर त्यही पुज्य गाई सहरको नगरमा भौतारिदै परिक्रमा गरि रहँदा र भोक भोकै यता उता गरि फोहोरको थुप्रोमा गई मानिसले Ïयाकेको फोहोरको प्लास्टीक च्याति सडेगलेको खानेकुरा खादाँ किन ति त्यस महान महानुभावहरु हेरि बस्छन । झन बिडम्बनाको कुरो यहाँ छ, यसो किराना पसलको वरिपरि परिक्रमा गरि त्यही अस्ती सम्म पुजिने गाईले आज सागपात, मुला, इतियादी के मुखमा मात्र लिदाँ, ति मानिसहरुले जे पायो त्यही बेला लठ्ठी, पाइप, दुङ्गा समेतले हानी घाइले बनाउने र त्यस पछि नाना थरिका गाली गर्ने गर्छन ।
प्रश्न यहाँ पो आयो – भग्वानलाई यस्तो व्यवहार पो गरिन्छ ? के भग्वान आÏना भक्तहरु बाट गाली खानु र उनीहरुको पिटाई र हेला सहने देवता पो हुन कि ?
कागपुजाको दिन एउटै काग पनि नभेटिदिदाँ, ओहो काग भग्वान भनि बजारबाट ल्याई बनाएको टिका अनि प्रसाद र त्यही दिन मासु पसल गएर ल्याएको ताजा सफा मासु लगायतका अन्य परिकार दिन्छन, मनै खोलेर आस्था जगाउँछन काग प्रति र त्यसपछिको भोली पल्ट विचारा त्यही काग घरको झयालमा मात्र आएर काँकाँ मात्र गरोस् त, ओहो अल्छछिन् पो हुने भयो र अलि जमातमा कौसीमा करायो भने ओहो कोहि पाहुना आउने भए – पक्का, ह्यात्तेरीका – किन यि कागलाई कराउनुपर्‍र्या यसरी, घर पनि फोहोर छ र झन बाहिर जाने काम थियो र यि पाहुनालाई के खुवाउने, पैसा पनि नभएको बेला भनेर त्यही कागलाई सराप्ने गर्छन ।
अचम्मको कुरा यहाँ पो छ, सर्पलाई नाग पञ्चमीको दिन सबैले बजार गएर, नागको फोटो ल्याएर, झन हुनेहरुले त मुर्तिनै ल्याई, अनेक धुप, फलफूल, मिठाई ल्याई, पुजा गर्न नआएता पनि, जे जसरी हुन्छ पुज्ने गर्छन, लाग्छ सर्प संग निकै घनिष्ट सम्बन्ध छ , त्यो दिन सरकारी बिदा समेत हुने गर्छ र काठमाडौं नागपोखरीमा त लाम्बद्ध लाग्छन र परिक्रमा र पुजा गर्न तर कदमकथाचित नागलाई परबाट देखिहालेमा पनि डर मानेर हैरान हुन्छन यि भत्तालुहरु ।
के भग्वान यति भ्यानक पो हुनुहुन्छ हो ?
कुकुर तिहारको दिन कुकुरलाई जुन सम्मान र इज्जतका साथ पुजा गरिन्छ र झन आÏनो घरमा कुकुर छैन भने बजारमा जहि त्यही रहिआएको भुसिया कुकुरलाई खोजी खोजी माला लाइदिएर, मासु भात खुवाइन्छ र त्यही कुकुरले अलि भुकिदिदाँ त्यही भाक्तालुको मुखबाटबाट यस्तो शब्द उसले निकाल्छ जुन प्राय सबैले आफैले बोल्दा रुचाउँछन तर अरुले बोल्दा कस्तो खालको मान्छे हो भनि उल्टै गाली गर्छन ।
बुवा र आमाको मुख हेर्ने दिन मात्र देखाउनको लागि भए पनि मेरो बुवा, मेरी प्यारी आमा भनेर पुजा गरि यसो मनमा विष भएता पनि ओठमा मुस्कान ल्याई सेल्फी (आफैले फोटो खिचेर ), फेसबुकमा राख्ने गर्छन र अरु बेला मेरो बाऊ त यस्तो, मेरी आमा त उस्तो भनेर भएभरका अलि नजिकका साथीलाई सुनाउदै गीत गाउँदै हिड्छन र झन अलि पाका भएका छन भने वृद्धा घरमा छोडि आउँछन । समय कहाँ अहिले फेरिएको छ र ? २०७१ सालमा पनि स्थिति उहिलेको जस्तै छ र आउने दिनमा पनि उस्तैनै रहनेछ ।
गजबको कुरो यहाँ छ, रक्षा बन्धन र भाइटिका भनेर निकै चर्चाको साथ यो पर्व मनाइन्छ तर बिडम्बना यहाँ पो छ, यस्ता भाइहरु छन जसले आÏनै दिदी–बहिनीलाई परदेशमा पठाएर वेश्यालयमा धकेल्नेहरु र खराब सङ्गतका कारण आफैले आÏनो रगतको इज्जत लुट्न पनि पछि पर्दैनन् ।
भनिन्छ मनमा बास भग्वानले गर्छन तर यहि मनमा राक्षेशलाई बास दिलाइरहदाँ कसरी भग्वान बस्न मान्लान मनमा ?
मानिसले मानिसलाई भग्वान मानिरहेका छन र तिनैको पुजा गर्छन ।
भारतको प्रधानमंत्री नरेन्द्र मोदी, प्रधानमंत्री हुनुभन्दा २,४ वर्ष अगाडि एउटा टेलिभिजन कार्यक्रममा गएका थिए र त्यहाँ कार्यक्रम सञ्चालकले भने, तपाईलाई भग्वान भनेर पुज्ने गरिन्छ र मोदीले भने यो खराब प्रवृत्ति हो, यसो गर्नुहुदैन । “किन नि, तपाईको फोटोलाई पुजा गरिन्छ, तपाई त झन खुसी हुनुपर्ने हो ?” “म दुखी छुँ, मानिसलाई कहिले भग्वान भन्न मिल्दैन र पुज्नु पनि हुदैन, यो गलत भइराछ ।”
तर यहाँ मानिसले आफूलाई पुजा गराउन तल्लिन छन । बडो नमज्जा लाग्छ, जब भग्वान भनिएकाहरुको यस्तो तिरस्कार र कठोर शब्द सहनु अनि पिटाई उनीहरुले भोगिरहँदा ।
मानिस कस्तो हुदो रहेछ र हुदाँ रहेछन उसको बोली, वचन, कर्म र व्यवहारले दर्साइहाल्छ ।
पशुहरुको दुर्दशा, पंक्षीहरुको विचल्ली, बुवाआमाको वेदना, दिदीबहिनीको चिरहरण – यि सब निरन्तर चलिनै रहेका छन । कहिले अन्त्य हुने हुन यि ? कृष्ण भग्वानले सानो छदाँ मखन चेर्या थिए भनेर यहि कुरालाई केन्द्र बनाई बजारमा चोर्ने जमात पनि रोकिने मुडमा देखिदैनन् ।
मन खिन्न हुन्छ, जब यि मानिसहरुलाई देख्छु । कहिले काहिं सोच्छु, कहिले यिनिहरुलाई जीवनको सहि ज्ञान प्राप्त हुने होला – तर सत्य कुरा तितोनै हुन्छ भनि यिनिहरु आत्मज्ञान हासिल गर्न कोसिसनै गर्दैनन् र सहि गन्तव्य पाउने आÏनै सुत्र बुन्न थाल्छन – मनमा अशान्ति जन्माएर, पुरै शरिर नष्ट गरि यत्तिकैमा सबै कुरा सिध्याई मरेर जान्छन । यो सत्य हो कि मानिस कहिले भग्वान हुनै सक्दैनन ।
अब देखि यि भग्वान (पशु, पंक्षी, मानिस)हरुको खिल्ली उडाउन छाडौं ।
शिक्षा हासिल गरौ, जीवन जीउनको लागि र राम्रो तरिकाले चलाउनको लागि पनि ।

 










नाम – मोइन उद्दिन

प्रतिक्रिया पठाउनको लागि इमेल रहेको छ – moinuddin_200000@yahoo.com




नेपाली राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा सम्पादन गरेर छापिएको यहि लेख । (२०७१ साल भदौ १९ गते) यो लिङ्कमा गएर पनि पढ्न सक्नुहुन्छ ।







No comments:

Post a Comment