Thursday, September 11, 2014

कोसेली दिनेलाई हेला by Moin Uddin

कोसेली दिनेलाई हेला
– मोइन उद्दिन


एउटा कुनै पनि कुरालाई हजारौ कोणबाट नियाल्न र त्यसलाई अनेकौ अर्थका साथ हेर्नु र त्यसलाई विभिन्न किसिमले केलाई निचोड निकाल्न सकिन्छ , जुन त्यही मान्छेले मात्र बुझ्छ उसको हेराई र अरुलाई बुझाउन सक्छ आÏनो प्रस्टाईको व्याख्याबाट ।

मनौ एउटा समान्य कलम छ, अब कलमलाई कसरी हेर्ने र बुझ्ने ? सामान्य मान्छेले यसलाई एउटा लेख्ने साधनको रुपमा बुझ्छ र कलमलाई त्यही प्रयोजनको लागि प्रयोग गर्छ । अब यहि कलमलाई विभिन्न कोणबाट हेरौ ।

कोही कसैलाई यो कलम भनेको पैसा आर्जन गर्ने साधन हुन सक्छ भने कसैलाई आÏनो भविष्य उज्जवल बनाउने यन्त्र । अब एउटी आईमाईलाई यो कलम आÏनो पेटीकाटको डोरा हाल्ने साधनको रुपमा उसले लिन्छे भने कसैले यसलाई ढाड कन्याउन प्रयोग गर्छ भने कसैले यसलाई गुलेलीले चरा ढाल्न प्रयोग गर्छ भने कसैले यसलाई पानीमा डुबेका केहि समानहरुलाई निकाल्न बल्छीको रुपमा प्रयोग गर्छ ।

कसैले यसलाई हतियारको रुपमा प्रयोग गर्छन –कोहि निहुँ खोज्न या झगडा गर्न आए यहि कलमको चुच्चोले आÏनो सुरक्षा गर्न प्रयोग गर्छन भने कसैले यसलाई कामनै नलाग्ने वस्तु, बरु यसलाई काठको रुपमा प्रयोग गरौ न ताकि आगो ताप्न काम लाग्ला भन्ने हेतुले हेर्ने र त्यही सोचाईले काम गर्ने गर्छन ।

भन्ने गरिन्छ, कसैले कोसेली दिए, चाहे त्यो २ रुपैयाको बेलुङ या त करोडौ पर्ने कुनै विशेष चिज –जे दिएमा पनि सबैलाई उही सम्मानका साथ ग्रहण गर्नुपर्छ । चाहे त्यो आफूलाई राम्रो लागोस् या नलागोस् – हामीले कोसेली दिने मान्छेलाई धन्यवाद दिनैपर्छ ।

कोसेली पाउँनु चानचुने कुरा कहाँ हो र ? यो त भाग्यमानीले मात्रै पाउँछ । आफै विचार गरौ न – हामीले कत्ति कोसेली पाएका छौ र हाम्रो अहिले सम्मको जीवनकालमा – यस्ता पनि मान्छेहरु छन जसले अहिले सम्म कोही कसैबाट कोसेली पाएका छैनन् र पाउने इच्छा राख्छन् ।

मैले पहिले देखि पढ्दै आएको र पछि सिक्दै पनि आएको ज्ञानबद्र्धक महाज्ञान के हो भने, जो सुकैले जे सुकै देऊन कोसेलीको रुपमा त्यसलाई आत्माबाट ग्रहण गर र यदि मनैपर्दैन भने, दिने मान्छेको अगाडि कहिले पनि ह्या किन देको, यस्तो पनि दिने हो, उस्तो पनि दिने हो, मलाई त यो मनपर्दैन, बरु अरुनै केहि ल्याइदिएको भए हुन्थ्यो–छ्या कस्तो खालको मान्छे है तपाई, जे पाई त्यै कोसेली लयाइदिने हो, बरु नल्याइदिएको भए हुन्थ्यो, कम से कम  लाज सहनुपर्दैनथ्यो । बरु यो कोसेली मलाई ल्याइदिनु भन्दा उहि आÏनो साथीलाई देको भए हुन्थ्यो नि भनेर अनेक–अनेक, खोई कहिले काहिं सोच्छु, कहाँबाट यस्ता अजब गजब र वाहियात कुराहरु आउँछन मान्छेको मुखमा कि मलाई आफैलाई उनीहरुको यस्तो बोली वचनले लाज महशुस हुन थाल्छ । लाज लाग्नुपर्ने उनीहरुलाई हो तर लाग्छ मलाई ।

प्रयाय मैले देखेको छु यस्तो बानी बढी केटी मान्छेमा पाइन्छ । आÏनो श्रीमान या भनौ न आफन्त, साथीहरुमा अलि कम नत्र एक्दमै नजिकको सम्बन्ध छ र जे मुखमा आयो त्यो भन्दा खेरि मुख ताकेर मुस्कुराउने नजिकका मान्छेहरुलाई प्राय महिलाहरुले हप्काउन पनि मज्जाले हप्काउँछन र बिचारा जसले ल्याइदिएको हो अनेक विचार विर्मश र खुसीका साथ– विचारालाई धन्यवाद पाउनुपर्नेमा तिरस्कार सहनुपर्छ ।

कोसेली ल्याइदिने मान्छेले कत्ति इच्छा आंकक्षा र कल्पेको हुन्छ कि ओहो यो मैले लगिदिए भने मेरा छोरा, छोरी, श्रीमती, श्रीमान,साथी, नाती, बडो खुसी हुनेछन ।

कहिले कांहि यहि खुसीको मुख हेर्न विचाराले वर्षौ देखि जम्मा गरेको पैसा झिकेर समेत किन्छ र ल्याइदिन्छ तर अफसोस, उसको सोचाई भन्दा उल्टो भइदिन्छ । उसले तिरस्कार त सहन्छ र उसको मन मर्छ र अर्को पालि ल्याइदिन्न भनेर अठोट गर्छ ।

ल्याइदिएमा फेरि यस्तै गाइगुई त गर्ने होला नि भनेर ऊ निराश हुन्छ र हर्षका सबै घेराहरुलाई तोड्दै आफै जान्छ ।

हालसालै मात्र एउटा यस्तै घटना घट्यो र मलाई लेखि हाल्न मन लाग्यो ।

कुरा के हो भने, एउटा साथीले उसको एक मात्र मुस्लिम साथीलाई भनेकी रहिछ, ओहो तिमीहरुको ईदमा त क्या मिठो मिठो खानेकुराहरु पाक्छ है, मलाई पनि ल्याईदेउ न पिलिज भनरे भनि । त्यो केटाले भन्यो, तिम्लाई त त्यो दिन भेट हुदैन  नि, त्यै भएर घरमा बनेको परिकार बाँसी हुन्छ नि भनेर भन्दा उसले भनि, के भयो र, म बाँसी भए नि खान्छु – तिमी लोभी हौ के, त्यै भएर न ल्याइदिने बहाना बनाउन लाको होइन भनेर उसले भनि र उसको केटा साथीले , ल म ल्याइदिन्छु भनेर भन्यो ।

दोस्रो दिन त्यो केटाको घरमा दावत (भोज) थियो र तेस्रो दिन उसले अलिकति पुलाउ, अचाँर, पकौडा, आलुदम, दहीबराको साथ सेवाई र खजुर प्याक गरेर उसलाई दियो र उसले खुसी साथ लिई र यस्तै दुई–चार दिन पछि त्यो केटीले भनि, के देको हँ, तिम्ले मलाई, तिम्रो घरमा पाकेको बासी भुजा ? के तिमी बच्चा हौ र ? या मलाई हेला गरेर देको, यस्तो पनि दिने हो आÏनो घरमा पाकेको बासी कुरा, यत्ति पनि तिम्रो दिमाग छैन ?

विचाराले केहि बोल्न सकेन र त्यो केटीले फोन राखी निद्रा लाग्यो भनेर ।

यहाँ कुरा आउँछ हेर्ने र त्यसलाई ग्रहण गर्ने दृष्टीकोणमा । त्यो थियो पुलाउ, जुन उसको घरमा आएका पाहुनाहरुले स्वादिष्ट मानी खाए र अन्य विशेष परिकार पनि थियो र त्यो केटीले यसलाई एउटा समान्य खाना जुन प्रायले भुजाको संज्ञाले चिन्ने गर्छन, हो त्यो रुपमा लिई ।

त्यही परिकार उसले आÏनो अन्य साथीलाई दिदाँ उनीहरुले ओहो क्या मिठो, तिम्रो आमालाई धन्यवाद भनिदेऊ है भनेर तारिफ गरे भने त्यो केटीले उसको बेइज्जत गरि ।

अब सायद आउने दिनमा उसले त्यो केटीलाई केहि कोसेली लग्दैन होला ।

किनकी उसले त्यत्रो उमङ्ग र खुसीका साथ देको चिजलाई त्यो केटीले यसरी गाली गरिकी उसको मन रुन पुग्यो ।

खैर , घटना जे जस्तो घट्यो, पाठ सिक्नुपर्ने कुरा यो हो की, एउटा कुनै पनि कुरालाई हजारौ तरिकाले विश्लेषण गर्न सकिन्छ र यदि कसैलाई कोसेली दिदै छ र ग्रहण गर्ने व्यतिmले चाहे त्यो एउटा कविता किन नहोस्, बरु एक फेर हासेर लिइदिएमा (पछि मन नपरे फालिदिएमा) त्यो दिने मान्छेलाई पनि सन्तोष मिल्छ र अन्य दिनमा पनि कोसेली ल्याइदिन्छ होला, अझै राम्रो तर त्यो शब्द बोलिदिदा कसले ल्याउन चहान्छ र लेऊ है तिम्रै लागि ल्याको हो भनेर  ।

हरेक कुराको सम्मान गरौ ।

कोसेली दिनेलाई हेला हैन, धन्यवाद दिऔ । यहि बुझाईमानै लिने मान्छेको कल्याण छ ।

यो लेख सम्पादन गरेर नेपाली राष्ट्रिय दैनिक पत्रिका नागरिक दैनिकमा समेत छापिएको थियो । तल राखिएको फोटो हेर्न सक्नुहुन्छ ।

सम्पर्कको लागि इमेल ठेगाना– moinuddin_200000@yahoo.com

No comments:

Post a Comment