Thursday, September 11, 2014

अहिलेको आवश्यकता आर्थिक विकास हो । - Moin Uddin

अहिलेको आवश्यकता आर्थिक विकास हो ।

– मोइन उद्दिन
Moin can be contacted at moinuddin_200000@yahoo.com

प्राय सबै देशको चिन्ताको विषय भनेको आर्थिक विकास कसरी गर्ने र यसलाई निरन्तरता कसरी दिदै जाने भन्ने रहेको हुन्छ । झन हाम्रो जस्तो देशलाई त यो चिन्ता हरपल रहिरहनुपर्ने भएता पनि सरकारबाट केहि त्यस्ता पोलिसीहरु नबन्दा हाम्रो जनशक्तिहरु पलायन हुदै अरुलाई फाइदा पुर्‍र्याइरहेका हुन्छन र यो भैरहेको छ ।

त्यहि शक्तिलाई कसरी आÏनै देशमा प्रयोग गर्ने र के त्यस्ता कार्यक्रमहरु ल्याई ब्रेन ड्रेन रोक्न सकिन्छ भनेर सोच्ने निकायनै नहुदाँ समस्या झन दिगो समयको लागि रहिरहनसक्छ ।

सरकार मात्रले योजना बनाएर हुदैन । उसले निजी क्षेत्र संग मिलेर दुरगामी तवरले देशको साथै ति युवा शक्तिलाई यतै राखी लाभ लिन सक्छन केहि कुराहरुमा ध्यान दिइए भने मात्र, हुन सक्छ – समय लाग्ला तर परिर्वतन अवश्य हुनेछ भन्ने मलाई मनमा लागेको छ ।

हुन त विभिन्न कार्यक्रम आ–आफै मिलेर भइरहेका र गराइरहेका छन – व्यवसाय र व्यवसायी कसरी बन्ने सवालमा तर त्यो मात्रैले पुग्दैन । सरकारलेनै निति बनाउने हो र अरुले बनाएमा पनि उसैलेनै पारित गर्ने हो । निति पनि आक्रमक तवरले अप्नाएमा चाडै सकरात्मक सोच ल्याउन मद्दत गर्नेछ जस्तै सूचना फैलाउने व्यवसाय र व्यवसायी बन्नको लागि । तलिमहरु दिने, हरेक घरको कम्तीमा पनि एक जना सदश्यलाई व्यवसायी बन्नेपर्छ भन्ने नियम लाउने । 

उनीहरुलाई विकास केवल संभव छ, आर्थिक उन्नती भएको खण्डमा भनेर विश्वास दिलाउन सरकारले सरल रवैया अप्नाएर जनसाधारणको मुटु छुन सक्यो भने परिर्वतन अवश्य आउनेछ र जो जुन रुपले व्यवसाय गरिरहेका छन उनीहरुलाई निगरानी गरि के राम्रो वा नराम्रो भैरहेको छ त व्यवसाय संचालन गर्न– त्यो प्रमुख कुरा पत्ता लगाई प्रोत्साहन गरि उसको मनोबललाई उच्च बनाइ राख्ने खालका कामहरु गरि सहयोग गरिदिएमा उसले अवश्य त्यसलाई सुर्धादै लैजानेछ र मुख्य कुरा भनेको सबै जनताको मन मस्तिष्कमा व्यवसायनै यस्तो खुराक हो सबल,सक्षम हुनको लागि र आर्थिक हिसाबले बलियो भएको खण्डमा चैन, सुकुन, इज्जत, प्रतिष्ठा, ज्ञानहरु प्राप्त गर्न सकिन्छ भन्ने कुराको विश्वास दिलाउन सके मात्र दिगो रुपमा कल्याणनै कल्याण हुनेछ ।

अहिलेको आवश्यकता विकास हो । विकास हुन्छ जब हरेक नागरिकलाई राहत हुन्छ, राहत आउँछ आर्थिक समृद्धीले ।

यो लेख नेपाली राष्ट्रिय दैनिक पत्रिका “कारोबार दैनिकमा पनि छापिएको छ ।


No comments:

Post a Comment