Sunday, October 26, 2014

के रहेछ त जीवन, बस् २ घण्टाको बलिउड चलचित्र






कहिले काहिं तपाईलाई लाग्दैन हामी मानिसको जीवन २ घण्टे या ३ घण्टे बलिउड पिल्मको जस्तो हो भनेर, जहाँ जे कुरा देखाउँछन, हामी मनोरञ्जन मानेर या कहिले मनलाई सम्हाल्दै आँखाबाट मुटु साच्ँचीकै चिमोट्दै पानीमा डुबाउँदै खुर्सानी दलेर घाउमा लगाउँदै गर्दा जुन प्रकारको जलन हुन्छ, हो टपटप आँसु पनि झर्दा साह्रै तितो चटपटी गाली पनि हामी त्यस फिल्मका खलपात्रको लागि प्रयोगमा यसरी ल्याउछौँ कि टि.भीमा रोमान्स एक्लै हेर्दा क्या मज्जा आउँछ, जत्ति परिवार संग हेर्दा लाज लाग्छ, हो ठ्याक्कै त्यसै अनुरुप उसको लागि हाम्रो जिब्रो तल माथि गर्दै बोलेका शब्दले पनि कत्ति आन्नद दिलाउँछ मुटुलाई जब सबै बान्ता ओकेल्दै गर्दा, तर त्यसको गन्ध या अरु कसैको आँखामा मात्र त्यस ओकेलेको कुरामा पर देखि देख्नेलाई घिन लागे सरि तपाईले त्यस चलचित्रका पात्रको लागि प्रयोग गरेको हरिप शब्दले त्यस्तै अनुभुती गराउँछ तपाई वरिपरिकाले सुन्या छ भने । 


र फनपार्कको रोटेपिङ्ग घुम्या सरि हाम्रो जीवन पनि गोलो रुपले माथि र तल गर्दै, ओलिर्दै, चढ्दै जान्छ, डर पनि लाग्छ, मुटु पनि त्यही रÏतारमा घुमिरहँदा ब्रेक फेल भएर उड्लाकी भन्ने चिन्ता–टाउको रिङ्गीछ, सोच्नै सकिरा हुदैन अब के गर्ने भनेर । 


खसुँलाकी र ठूलो भुवाँङ्ग टाउको पर्ला भन्ने चिन्ता, झन त्यो रोटेपिङ्गमा त त्यसको साइडमा ढोकानै राख्या छैन यहाँ काठमाडौंको फनपार्कमा । हार्टअट्याक्ट आयो र बियोस भएर झरे भने त बाउन्सिङ्ग बल जस्तै हामी एक चोटी पृथ्वीमा बाउन्स हुने बित्तिकै सानो छदाँ टि.भिमा केबल तार जोडी कार्टिज हालेर खेल्ने गेम ‘मुन मार्‍र्याे’ खेल्या जस्तै सिधै कि त स्र्वगलोक या त नर्गलोकमा अवश्य पुग्ने ९५ प्रतिशत मौका हुन्छ ।


जे भनेता पनि त्यही बलिउड चलचित्रका र त्यहाँ देखाइएका घटना कुनै दिन आफै संग घट्न पुग्छ अनि लाग्न थाल्छ, कहाँ देख्या थे यो क्या, कहाँ पढ्या थे, कस्तो अपनत्व झै लाइराछ भनेर भन्छौँ र निकै सोच्छौँ र सोच्न बाध्यै बनाउँछ । नसोचुँ भन्दा खेरि मनले खलबली गराउँछ, ओइ कहाँ देख्या थिस्, कहाँ पढ्या थिस् । जब सम्म याद गरिदैन त्यो कुरा तब सम्म छटपटाएर उग्रि गर्छ, दिमागलाई बेइज्जत गर्न कस्सिहाल्छ र निकै प्रेसर मस्तिष्कलाई दिए पछि उसले बाध्य भएर ओकेल्छ, ह्या त्यो त अस्ती हेर्‍र्या पिल्म थियो नि, अँ, त्यै पो हो भनेर ।


जय होस् फिल्म बनाउनेलाई । उसले पहिले भोग्या रहेछ हाम्रो आउनेवाला कहानी, जुन आजको यो अवस्थामा साँच्ची जीवत हुन पुग्यो ।


आखिरमा अबको यो लाइफलाई विश्राम दिनुपर्दैन, बस् हिड्दै गर्दा पछाडी बितेका दिनहरुलाई सोच्दै अगाडि बढेदै जानुस त एउटा २ या ३ घण्टे फिल्म भन्दा फरक केहि पाउनु हुन्न । जाबो २, ३ घण्टा आÏनो  फिल्मी जीवनको लागि मान्छे ६०, ७०, ८०, कोहि त शताब्दी भन्दा नि बेसी जीवन सखाप पार्छन ।


हाम्रो समयको बर्बादी , के रहेछ त जीवन, बस् २ घण्टाको बलिउड चलचित्र पो रहेछ की, तपाईलाई चै के लाग्छ, यसरी आÏनो मुटुका २ पेग शब्द बताइदिनु भए, उत्तम हुनेछ, जनसाधारणलाई ।



लेखकको बारेमा 
















मोइन उद्दिन एक राम्रो उदाउँदो गरेको लेखक हो, उसले नेपाली लगायत अंग्रजी भाषामा विभिन्न नेपाली राष्ट्रिय दैनिक पत्रिकामा लेखहरु लेख्दै आइ रहेको छ । उसले हालसालै एउटा उपन्यास लेखेको छ र त्यो प्रकाशन गर्न बुक पबिलसरको खोजीमा छ । यदि कोई इच्छुक पब्लिसर हुनुहुन्छ भने मोइनलाई सम्पर्क गर्नसक्नुहुन्छ यो इमेल ठेगानामा moinuddin_200000@yahoo.com

No comments:

Post a Comment