Thursday, October 23, 2014

पर्यटनमा टन्नै सम्भावना



म त सधै यो क्षेत्रलाई सर्मथन गर्ने एक सुनौलो नेपालको परिकल्पना गर्ने आम ठिटा हुँ र धेरै सम्भावना मैले देख्दै आएको छु हाम्रो नेपालमा ।

चाहे त्यो बैकिङ्गको क्षेत्र होस या त उत्पादन मूलक या सिर्जनात्मक या पर्यटन, सबै क्षेत्रमा उत्तिकै सम्भावना छ र साँच्ची हामीले एकअर्कालाई ऊ संग भएको प्रतिभा र आफू संग भएको बेग्लै प्रतिभालाई समायोजन गरेर अर्को उत्कृष्ट केहि कुरा गर्न सके र जनसाधारणको लागि फाइदा हुने कार्य गर्‍र्यौ भने ऊ लगायत हाम्रो वर्तमान र भविष्य मज्जाको बन्नेछ ।

यहि सेरोफेरोमा पर्यटन व्यवसायले साँच्ची नेपाललाई उत्कृष्ट फाइदा दिनेछ र लाखौंले प्रत्यक्ष, अप्रत्यक्ष हिसाबले फाइदा लिन सक्नेछन ।

धेरै जनाको आशाका किरण उज्यालो बन्दै विकास हुदै जानेछ । अलि कम खान पाएकाहरुले त्यो भन्दा बेसि कुराहरु उपयोग गरेर आÏनो श्रीमती र बाल बच्चालाई पाल्न समेतका हुनेछन । पैसाको हिसाबले कुरा गर्ने हो भने त यो भन्दा उम्दा पेसा अरु केनै हुन सक्छ र ?यो पेसा यस्तो मज्जाको पेसा हो कि यसमा पढे लेखेका तथा जसलाई “क” अक्षर पनि आउँदैन उसले पनि यो क्षेत्रमा काम गर्न सक्छन । दक्ष, अर्धदक्ष कामदार सबैले अवसर पाउँनेछन आम्दानी बढाउन ।

 भारी बोकेर, या भनौं पर्यटकको सामान एक ठाँउबाट अर्को ठाँउ सजिलै बोकेर लगिदिने कार्यले मात्रै पैसा कामाउन सकिन्छ तर त्यो केवल सम्भव छ जब हामी लगनशिल भएर, इमानदारीताका साथ काम गर्‍र्यौ भने मात्र । जुनै पनि काम गर्दा इमानदार बन्नैपर्छ नत्र कपट गरेर पैसा कमाउन तर्फ ध्यान गयो भने, अहिले २, ५ वर्ष राम्रै गर्ला, तर कालन्तरमा देखिनैरहनुभाछ पत्रपत्रिका देखि लिएर रेडियो, टेलिभिजनमा, कि जसले भ्रस्टचार गर्न खोज्छ, उसलाई कस्तरी बेइज्जत समयले गरिदिन्छ भनेर ।

यो क्षेत्रमा मात्रै होइन, यो लागु हुन्छ हरेक क्षेत्रमा, इमानदार भएर आÏनो सोचलाई १० चोटी विचार गरेर मात्रै कुनै काम गर्न थाल्नु होला, जहाँ म कपट गर्न लाइराछु भन्ने भावना आउँछ, हो त्यै बेला, म यसरी गलत तरिकाले काम गर्दिन भनेर बरु कामनै नगरे हुन्छ, यसले झन तपाईलाई शक्ति प्रदान गर्नेछ र स्वाभिमानी पनि बनाउँनेछ ।

झन अहिले गोरखाको मनकामना क्षेत्रमा त घरै पिच्छे होटेल खोलेका छन भन्ने समाचारले निकै हर्ष ल्याएको छ ।

सबैमा उद्यमी बन्ने रहर छ, केहि गरेर देखाउँने , आफू मात्रै नभई अरुलाई पनि काम दिन्छु भन्ने भावना पलाएको छ , अब होटेल या पसल मात्र खोलेर भएन, त्यसमा आफू घोत्लिएर भएन, त्यो मानिसले त कयौं कुरा सोच्नुपर्छ कि अब नयाँ के दिन सकिन्छ आÏना ग्राहकलाई भनेर ।

उसले त कामदार राख्छ र आफू नयाँ योजना बुन्न थाल्छ, यसो गरेमा त्यो कामदारले नि पैसा कमाउन पायो र संचालकले पनि । उसले त झन आÏनो सोच मात्रैले र त्यसलाई कार्यान्वयन मात्रै गरिदिए पाउँछ ।भन्नुको अर्थ हाम्रो प्यारो नेपालमा सम्भावना अत्तिनै छ पर्यटन लगायत अन्य अरु जुनसुकै क्षेत्रमा पनि ।

बस् चाहिएको छ त हिम्मत र चोर मानसिक्ताबाट उन्मुक्ति, त्यो संगै लोभी, कपटी मानिसहरुलाई उनीहरुले यो क्षेत्रलाई या भनौ तपाइकै व्यवसायलाई चौपट पार्न खोज्दै छन, नानाथरिका बाधा सृजना गर्न लाग्दैछन भन्ने थहाँ हुने बित्तिकै उसलाई तत्काल कार्वाही या अनेक पाठ पढाई त्यहाँबाट हटाई हाल्नुपर्छ, अनि मात्रै रहेका बाँकी राम्रा व्यक्ति, व्यवसायले त्यो ठाउँको लागि अग्रसर भएर देशलाई समेत धनवान बनाउन सक्नेछन ।


लेखकको बारेमा














मोइन उद्दिन एक राम्रो उदाउँदो गरेको लेखक हो, उसले नेपाली लगायत अंग्रजी भाषामा विभिन्न नेपाली राष्ट्रिय दैनिक पत्रिकामा लेखहरु लेख्दै आइ रहेको छ । उसले हालसालै एउटा उपन्यास लेखेको छ र त्यो प्रकाशन गर्न बुक पबिलसरको खोजीमा छ । यदि कोई इच्छुक पब्लिसर हुनुहुन्छ भने मोइनलाई सम्पर्क गर्नसक्नुहुन्छ यो इमेल ठेगानामा moinuddin_200000@yahoo.com


No comments:

Post a Comment