Sunday, October 26, 2014

किन होला है केटी मान्छेलाई कत्ति गाली गर्न आको ।

मिति : २०७१–०७–०९



किन होला है केटी मान्छेलाई कत्ति गाली गर्न आको, छ्या कस्तो नमज्जा लाग्छ जब आÏनै, त्यही लोग्ने संग माया प्रेम या भनौ मागि बिहे गरेर ९ महिना सम्म गर्भमा हुर्काएर व्यथाले च्यापिएर झनै कसैले त अस्पताल नभई बाटो मै या घरको भर्‍र्याङ्गमै हत्त न पत्त जन्माएकी बच्चा बच्चीले गल्ती गर्दा या भनेको कुरा नमान्दा यस्तो भयंकर मुख छाड्छिनकी के भनौ , यदि त्यो मुख छाडेको वाणी उसले मान्ने भग्वानले तथास्तु भनेर पुरा गरिदिए के हालत हुन्छ ?भनिन्छकी हामीले प्रार्थना गरेको कम से कम दिनमा एउटा प्राथना भग्वानले पुरा गर्छन, यदि त्यो कामना तपाईले आÏनो मान्छेलाई प्रयोग गर्दा भग्वानले पुरा गरिदिए के गर्नु हुन्छ ? फेरि प्रार्थना गर्नुहुन्छ भग्वानलाई गाली गरेर ।

आज भर्खरै म बाटोमा हिड्दै गर्दा एउटी आइमाइले आÏनी बच्चीलाई गाली गरिन, अब खोइ के कुरामा हो, तर उसले बोल्नु नहुने कुरा बोलिन । यो कुरा मैले लेख्नेपर्छ र सबैलाई चेतना जगाउनको लागि लेख्दैछु, कृपया मेरो कुरा सहि लागे सेयर गरेर सक्दो सबै माझ पुर्‍र्याउन सहयोग गरिदिनु होला ।उहाँले भन्नुभयो ,“हेर न यो अलिच्छिनलाई, त्यै आइरा गाडीले नि किच्दैन, किचे त हुन्थ्यो त, आन्द्रा भडि निकालि दिए हुन्थ्यो, कम से कम मर्थी, अनि सबलाई ठिक्क हुन्थ्यो ।

”साहै्र मन दुख्छ मेरो जब यसरी चाहे त्यो फुच्ची त्यै आइमाई कै बच्ची किन नहोस या मेरा आÏन्तको, भविष्यमा मैले बिहे गरे र मेरी बुढीले त्यस्तो शब्द एक फेर  हाम्रो बच्चाको लागि प्रयोग  गरि भने उसले नचिताएको कुरा उसले भोग्छे ।

 हामी कस्तो संसारमा हुर्किराछौं । त्यो आइमाईको गल्ती त हो तर त्यो भन्दा गल्ती त ऊ हर्केकी वातावरणले उसलाई सिकाको हो, र पो त उसले त्यस्तो बोली, आÏनो बच्चाको लागि ।सुरुमा हामी सुध्रिनुपर्छ, आफूले बोल्ने शब्दलाई तौलेर अनि कम से कम १० चोटी  अरु संग गफ गरे भन्दा बेसि सोची आÏनो बच्चाको अगाडि प्रयोग गर्नुपर्छ ।

आउनुस न हामी मिलेर अगाडि बढौं, आउनुस न वाचा गरौकी हामी आफू पनि सुध्रिन्छौं र हाम्रा बच्चा बच्चीलाई कहिले गाली गर्नेछैनौ , हामी आफू पनि सिक्छौ कसरी व्यवहार गर्ने र आÏना सन्तानलाई पनि सिकाउँछौ ।

आउनुस न यस्तो संस्कारको निर्माण गरौ जहाँ हामी चाहे रिस उठेतामा पनि या खुसी हुदाँ खेरि पनि हाम्रो बोल्ने वाणी सधै हाम्रो लागि स्र्वग जाने बाटो बुनोस, न कि नर्ग, आखिर अहिले हामी बाचिँराछौ नर्ग मै त हो, आउनुस न अलि भए तामा पनि राम्रो हुने प्रयास निरन्तर जारी राखौ न ल, ह्दयबाट अनुरोध छ की कृपया आÏनो सन्तान लगायत कसैको लागि पनि कठोर र निच शब्द प्रयोग नगरौ है । हात जोड्छु म तपाईको अगाडि, कहिले कदापी न सरापौ कसैलाई ।


लेखकको बारेमा 















मोइन उद्दिन एक राम्रो उदाउँदो गरेको लेखक हो, उसले नेपाली लगायत अंग्रजी भाषामा विभिन्न नेपाली राष्ट्रिय दैनिक पत्रिकामा लेखहरु लेख्दै आइ रहेको छ । उसले हालसालै एउटा उपन्यास लेखेको छ र त्यो प्रकाशन गर्न बुक पबिलसरको खोजीमा छ । यदि कोई इच्छुक पब्लिसर हुनुहुन्छ भने मोइनलाई सम्पर्क गर्नसक्नुहुन्छ यो इमेल ठेगानामा moinuddin_200000@yahoo.com

No comments:

Post a Comment