आ है भन मेरा भाई हो...देउसी रे
आ है राम्ररी भन...देउसी रे
आ है स्वर मिलाई कन...देउसी रे
आ है देउसी रे भन...देउसी रे
यहि सेरोफेरोमा मैले एउटा गीत पनि रचेको छु, जुन यस प्रकार भएको छ ।
देउसी भैलो खेल्दै हामी सानो हुदाँ हुर्केका
साथी भाई संग रमाइलो गर्दै साँझ बिताएका ।
दिनभरि हामी जान्थ्यौँ बाटोमा कोकको ढक्कन खोज्दै
खोज्दै बटुल्दै आउथ्यौँ हामी झोला भरि भर्दै ।
कत्ति मज्जा आउँथ्यो ति बेला साथीहरु संग
कौसीमा हामी गीत बजाई गर्थ्र्यौँ निकै उमंग ।
कति बेला साझँ पर्छ भनेर हामी कुरि बस्थ्यौँँँ
जसो तसो साँझ हुँदै गर्दा सबैलाई भेला पाथ्र्यौँ ।
ल है साथी म चाहिं भट्ट्याउँछु, तिमीहरु साथ मेरो देऊ
उनीहरु पनि ल है मोइन, भनि साथ दिन्थे ।
जसो तसो कुनै घर गई, म चाहिं भट्ट्याउन लाग्थे
आ है भन मेरा भाई हो...देउसी रे
आ है राम्ररी भन...देउसी रे
आ है स्वर मिलाई कन...देउसी रे
आ है देउसी रे भन...देउसी रे
यसरी मेरा दिनहरु बित्थे बाल्यकालमा मेरो स्कूल भन्दा नि घर तिरका साथीहरु संग । हामी दशंै तिरै पुरा योजना बनाएर लागि पथ्र्यौ । जान्थ्यौं पुरै काठमाडौं डुल्दै, पेय पर्दाथको ढक्कन बटुल्न र त्यसलाई ल्याईर् हम्मरले डयाम ड्याम हिर्काइ सिधा पाथ्र्यौं र किलाले त्यसको बिच्चोमा ठोकी प्वाल पारेर लठ्ठीमा ठोक्थ्यौं र त्यो तयार हुन्थ्यो हाम्रो बाजा ,“छिङ्ग छिङ्ग ।”
त्यस पछि मेरा केहिं साथी संग मादल हुन्थ्यो, अलि कम मात्रै हामीले गितार बोक्यौ त्यस बेलाका देउसी भैलोमा । आफूलाई ति बेला कहिले जिन्दगीमा संगितिक बाजा बजाउनै आएन, केवल त्यो आफूले बनाएको छिङ्ग छिङ्ग बाहेक, तर भट्ट्याउन त मज्जाले भट्ट्याउथे । भनौ न ३ दिन सम्म अनेक घर गई साथीहरु संग दह्रो पाराले चिच्याउँदै भट्ट्याउथे र उनीहरु पनि मेरै जस्तो जोशमा जोश थप्दै स्वर मिलाउँदै साथ दिन्थे ।
घरमा चाहिं गाली गर्नुहुन्थ्यो । किन गईस भनेर ।
फेर्केर हेर्दा १० वर्ष भैसकेको रहेछ अन्तिम पटक देउसी खेलेको । आज भोली त न कुनै त्यस्तो मिल्ने साथी नै छ, न ति पुराना साथीहरु पनि आक्कल झुक्कल भेटिदैनन । सबै कता हराए, कता पलायन भए पत्तोनै भएन । समयले बिच अवस्थामै हुरीबतासको सामना गर्दा ऊ निर भएकाहरु उडेर कहाँ पुग्छन थाहै हुदैन उसको अत्तोपत्तो, त्यस्तै मेरा साथीहरुको पनि त्यत्ति ज्ञाननै हुन सकेको छैन ।
बस छन त ति बेलाका याद ।
धन्न केहि याद त रहेछन, धन्न केहि रमाइला बदमासी त गरेछु । धन्न ति बेला ति साथीहरु मेरा साथी बने । न त कहाँ यो सम्झना बन्थ्यो, न त कहँ ति बेलाका डोरी अहिले सम्म तन्किन्थ्यो । न यसरी तपाईले अहिले पढदै आÏनो बेलाको देउसी भैलोको यादलाई ताजा पार्न सक्नुहुन्थ्यो ।
बस यहि भन्न चाहन्छु, अहिले तपाई जुनसुकै उमेरका भएतामा पनि, ल मानौ फुच्चा फुच्ची हुनुहुन्छ भने मज्जाले मस्ती गर्नुस, रमाउनुस, खेल्नुस, केहि गल्ती पनि गर्दा केहि फरक पर्दैन, गाली खानुको मज्जा पनि औधी छ र ति गाली नसुन्या सरि गर्न त अझै मज्जा आउँछ, तर याद गर्नुपर्ने कुरा भनेको अटेरी चाहिं नहुनुस, धेरै गाली खाइ राख्नु तितो हुन्छ, त्यै भएर आÏनो ठूलो बडाको ख्याल राख्नुस । उहाँहरुलाई निराश पार्ने कार्य नगर्नु होला, आÏनो दायरामा रहि गर्नुस न रमाइलो, नियममा रहेर मस्ती गर्नु पनि एक प्रकारले अनौठौ भए तामा पनि यसको स्वाद आम मामामा निकै टेस्टी आउँछ के ।
सिर्जनात्मक तरिकाले मैले भनेको यो अन्तिम माथिल्लो वाक्यलाई ध्यान दिनु भयो भने तपाईले चुरो मर्म बु∆नुहुनछ ।
तिहारको शुभकामना ।
आ है भन मेरा भाई हो...देउसी रे
आ है राम्ररी भन...देउसी रे
आ है स्वर मिलाई कन...देउसी रे
आ है देउसी रे भन...देउसी रे
लेखकको बारेमा
मोइन उद्दिन एक राम्रो उदाउँदो गरेको लेखक हो, उसले नेपाली लगायत अंग्रजी भाषामा विभिन्न नेपाली राष्ट्रिय दैनिक पत्रिकामा लेखहरु लेख्दै आइ रहेको छ । उसले हालसालै एउटा उपन्यास लेखेको छ र त्यो प्रकाशन गर्न बुक पबिलसरको खोजीमा छ । यदि कोई इच्छुक पब्लिसर हुनुहुन्छ भने मोइनलाई सम्पर्क गर्नसक्नुहुन्छ यो इमेल ठेगानामा moinuddin_200000@yahoo.com

No comments:
Post a Comment