मोइन उद्दिन
काठमाडौँ
आखिर मानिस एक्लैनै हुदो रहेछ है । खै के पाउँनु छ जीवनमा र पाएर पनि सन्तोष खोसिदो रहेछ क्षण भरमा । कसैले खोस्नै पर्दैन बरु पाउँन साथ आफसेआफ एक्लिदो रहेछ त्यो प्राप्ती । सायद पाउँनु भनेकोनै गुमाउनु हो कि क्या हो जस्तो लाग्न थालिसकेको छ । के–के न गर्नु छ , के–के न पाउँनु छ , के–के न पाएर गर्छु भनेर वाँक ति बेलामा गरेता पनि त्यो पाउँन साथ शून्यमा हराउँदै माइनसमा झर्दो रहेछ । रित्तो रित्तो हुदो रहेछ । भरि भराउँ पार्न खोजेता पनि खै कहाँ प्वाँल हुन पुग्दो रहेछ र त ति चुहेर खाली सिसी झै हुन पुग्दो रहेछ । एक्लै ऊ मात्र त्यस्तो अनुभव गर्दिन होलीन् । ऊ जस्तै एक्लै कुनै बेला तपाईँ पनि आफूलाई पाउँनु हुदो होला चाहे त्यो तपाइले पाएर सजाउँन चहाँनु हुदाँ हुदै पनि झनझन कमी त्यसमा आफू रहेको भान गर्नु हुँदो होला । साँच्ची पाउँनुनै आफै रित्तिनु हो र ? कुनै समयमा व्यग्र गरेर त्यस चिजको प्राप्तीको लागि तपश्या गर्दा र ति तपश्याले कुनै कालन्तरमा फल दिदाँ पनि मन खुसी हुनुपर्नेमा किन यो झनझन खाली खाली भएको महशुस गर्दछ । बरु नपाउँनु तर पाउँनुको नजिक–नजिक पुग्दाँ मन चंगा भएर दंग पर्दै आशा पनि चर्किदै गर्दा ति पलमा सन्तोष चरणबिन्दुमा नपाएतामा पनि मन खुसी हुने गर्दछ भनेर उसले अरु बाट प्राय यस्तै सुन्ने गर्थी । तर उसको जीवन संग त्यो बोलाई लागु हुदै भएन । सायद पाउँछु हुँला चाडैनै भनेर पनि खुसी हुन खोजेको जस्तो, तर नाई, नहुने रहेछ त्यस्तो । तर पाइसके पछि त त्यो आफै रित्तिएर जाँदो रहेछ भनेर पनि नसुनेकी होइनन् । आज यो समयमा यसरी लेखिरहँदा ऊ पनि अरुझै रित्तिएको आभाष गर्दै होलीन् । खै के पाउँन खोजेथी र खै केनै पाइमोनाले र पनि अझै अरु पाउँने कुराकोे लालसा जीवितै छ उसमा र त फेरि रित्तिनेछु त्यो बेलामा भनेर पनि ज्ञान भैकन पनि त्यो शून्यको बाटो रोजिरहेकी छे उसले । किन रोज्दै छे , खै... म के जानुम ।
आनो शहरमा के भैरहेको छ त्यसको सूइको पनि आजभोली आभाष गर्न छाडेकी रहिछ उसले । उसलाई मात्र त्यस्तो भान भएको हुनुपर्छ जस्तो चाहिं मलाई लागिरहेकोनै छैन किनकी यस्तो मनिस पनि भेटेको छु मैले जो संग अथाह सबै छ जुन आम मानिसले जीवनमा पाँउन खोज्छन । तिनीहरु संग १० गुणा सम्पत्ति नभएको होइन ।उहाँहरु संग छ तर किन किन उसलाई ति सानो होटेल पसलले दिदी साह्रै खुसी छिन् जस्तो लाग्दछ । उहाँले गर्नु भएको बिहान देखि बेलुकाको खटाइनै उहाँको अमूल्य गहना झै लाग्दछ उसलाई । खै त्यसै त्यसै लाग्छ भनेर भन्थी मैले सोध्दा पनि, अब होला नि केइ न केइ रहश्य त । मलाई जान्न त मन नभएको होइन तर पनि उसको अनुहारको गम्भीरपन देखेर आनो ओठलाई चलाउनै दिइन ।खै उसलाई मात्र त त्यस्तो लागेको होला नि है । ति होटेलवाला दिदीको दृष्टिकोणमा उहाँ पनि त आफूलाई रित्तो सिसीझै पो ठानि रहनुभाको पो छ की ? खै...म के जानुम ।
बिहान १० बजे अफिस पुगिसक्नु पर्ने । आठ बजिसकेको थियो । हतार हतार कुकरमा भात बसाले । तरकारी केहि छ कि भनेर चुल्होको अघिल्लोतिर राखेको कराईमा मुन्टो तन्काको त, केहि रहेनछ । त्यसै जुठो कराइ राखिरापो रहेछु । धुन पर्ने । धुनु प¥र्यो भनेर सोच्नु पर्दा आमाले अस्तिैनै देखि कर गरिरहनु भाको कुरा सहि लाग्न थाल्छ । आमाले भन्दै हुनुहुन्थ्यो , “छोरो त ठूलो भइस्, उमेर पनि नपुग्या हैन तेरो । कस्तो कस्तो मनमा एउटा चहाना पलाएर आइराछ...” मैले बिचमै बोले, “के आमा ? भन्नुस न हजुरको चहाना, पुरा गरुला नि त मिले सम्म ।” “बुहारी भइदिए कति जाती हुन्थ्यो । मलाई सघाँउथी । ऊ संग बात मार्थै । त काममा गएको बेला भाडा माझि दिन्थी...” ए बुहारी चाहियो तपाईलाई? गएर ल्याउनुस न त । अनि आफै पाल्नुहोला । उसका अनेक लट्का , मट्का , झट्का हजुरलेनै झेल्नु होला भनेर भन्न आटेकै थिए तर आमा रिसाउलिन भनेर चुप बसे । अचानकगाडिको हर्नले झस्काइ दियो ।बाहिर त बुवा पो आउनुभा रहेछ । म कल्पनामै हराएछु ।
“ के सोचेर हिडिरा ? बाटोमा हिड्दा त गाडि, बाइकको खयाल गरेर हिड्नुपर्छ नि केटा । झण्डै मर्नबाट बचिस् , मामपखा”, भनेर बाइकवालाले गाली गर्दै हुइकि गयो सेतोपुल तिर । म त कुरै कुराको स्वप्नमा पो रहेछु । थ्याङक गड, बचाउनु भो, नत्र त आज घाइते अवश्य हुने थिए ।
चनाको तरकारी लिन हतार हतार होटल जाँदै थिएमोनालाई मैले फेरि भेटे त्यै होटलमा । होटलकी दिदी संग खै के बात गरिराथी । दिदीले टेन्सन लिनु पर्दैन । सबै ठिक हुन्छ भनेर भनेको सुने जस्तो लाग्यो । होटलको दिदीले चिया खाएर जाँऊ न भनेर भनेको जस्तो पनि लाग्यो, अब खै हो कि होइन, खै...म के जानुम, उहि मोनालाई थहाँ होला । सोध्नुपर्ला त्यसलाई भनेर ऊ नजिकै गए ।
यस्तै २२ –२४ को उमेरकी हुनुपर्छ मोना । गहुगोरी ।पातली ।मिलेको शरिर ।कर्ली कपाल । तर बाधेकी थिई चुल्ठो बनाएर । त्यसैले त्यो कर्ली कपालले खासै आनो रवाफ देखाउन भ्याएको थिएन । स्यानो नाक । त्यै नाकको टुप्पोमा कोठी । सायद त्यै नाकैमा भएको कोठीले गर्दा उसलाई सधै रिस उठिराख्ने होला भनेर अड्कल काढे । तर खै... म के जानुम उसको कोठीको रहश्य ।
मोनालाई म प्राय यै होटलकी दिदी संग गफेको देख्छु । कहिले काहिं त लाग्छ, त्यो होटलमा त्यो दिदी नभएर, म पो हुनुपर्नेत्यहाँको साँहुजी । अनि यसरीनै मोना र म बात मार्थियौ । अझै अबेर सम्म । उसलाई बिहान सेल, मालपुवा, चियाको नास्ता खुवाएर पठाउँथे म संग गफिन आउँदा । र दिउसो खाना संगै उसैलाई सोधेर उसको मनपर्ने तरकारी खुवाइवरि पठाउँथे । अनि डिनरमा चाहि आफैले पकाको रोटी, त्यो नि आनै हातले जुजु धौमा चोपीवरि खुवाएर कोठा छोड्न जान्थे । मोनालाई सधैझै देखि रहँदा ऊ प्रति आकर्षण बढ्दै गइराथ्यो । प्राय म उसकै बारेमा खै...म के जानुम कुन बेला देखि सोच्न थालेछु । सोच्दा सोच्दै त मोना त मेरो सबकन्सियस माइन्डमा पो बसिछ । अफिसको काम गरिरहँदा मोना खै कहाँबाट आँखाको नानीमा आइवरि नृत्य गरि, मुटुको ढुकढुकी बढाएर जाँदा पो मलाई गाह्रो पर्छ क्लाइन्ट संग डिल गर्न । क्लाइन्ट पनि के हो सर चालामाला, कसैको प्रेमको रापले सेकिराछ जस्तो छ तपाईलाई, लिनुस यो वाइप्सले पसिना पुछनुस् भन्दा पो लाजले भुतुक्कै हुन्छु । हैन, त्यसो होइन । गर्मीले गर्दा पसिना आको हो भनेर कुरा मोडेर क्लाइन्ट संग डिल गर्नु पर्छ मैले ।
“के लिन आको भाई ? तिमी त बिहानै सपनापो देख्छौकी क्या हो ? सधै यस्तै हर्कत गर्छौ त बा... हाम्री मोना संगको सपना त देखिराछैनौ नि ?”, होटलकी दिदीले यसो भन्दा त म झस्किए । दिदीले त मनकै कुरा ठ्याक्कै भनि । ज्योतिषी पो हुनुहुन्छकी कया हो भनरे सोधे । अलि अलि सिकेको छु त्यो पसल गरेर बसेको पंडित बाजे संगपो भनेर भन्छे दिदीले त ।
“छ्या, के भन्नुभा दिदी त्यस्तो । मलाई त त्यस्तो भनेको मनपर्दैन हो दिदी,” मोनाले भनि । मोना रिसाइकी भनेर उसको अनुहार हेरेको त लजालु मुस्कान पो पस्किरा रैछ । मन अत्तिराथ्यो । त्यो मुस्कानले कन्ट्रोलमा ल्याइदियो ।धन्न ।
“कति समय पछि देखा प¥र्यो त ? कहाँ लुकेर बसेकी थियौ मोना ?”, मैले प्रश्न गरे ।
उत्तर आयो, “ हैन, हैन, म कतैनै लुक्या छैन । बस् साथी पाएको छु घर भित्रै । उहि संग गफेर बस्छु ।”
“को रहेछ त त्यो साथी, हामीलाई पनि त चिनाऊ न ?”
“त्यो साथी त मै हो । ”
अच्चम मान्दै मैले सोधे, “के भनेकी ?”
“अरुलाई साथी बनाउन खोज्दा खोज्दै वर्षौ बिते तर कसैले पनि विश्वास भन्ने चिजलाई नगनेको देखेर अत्यास लाग्दै गायो । ति भेटेकाहरु भेट संगै पातलिदै गए । कता कता आफू पनि आफैबाट एक्लिएछु । पत्तै पाइन । धन्न समयले परिचित गराउँदै लग्यो एक अभिन्न साथी संग । कस्तो अभिन्न भने कि, म जहाँ गए पनि, ऊ मै संग हुने रहेछ । म जे सोच्छु त्यो उसले मलाई भनिराखेको हुदो रहेछ । जब म एक्लै हुन्छु , उसले मलाई एक्लो हुनै नदिने रहेछ । कहिले निराश भए भने, ऊ पनि मै संगै निराश बन्दो रहेछ । खुसी भएर दंग परे भने, ऊ पनि दंग पर्दो रहेछ । हो त्यो साथी म भित्रै छ । र त्यो मेरो आत्मा हो । मेरो हदैको नजिकैको घनिष्ठ साथी ।” भनेर , ल है म अघिनै आको, ढिलाभो पछि भेटौला भनेर बानेश्वरको उकालो तिर लागि ।
एकै छिन त मोनालाई हेरिरहे बत्तिसपुतलीको मोड नमोडिउञ्जेल । म फेरि सोच मग्न भए । परिपक्वता आएकै हो र मोनामा? त्यो पनि यस्तो गहिरिएर । उमेरै केनै भाछ र उसको, जो यस्तो गहन कुरा गर्ने भइसकी ? प्रश्नहरु निकै थिए । खै ... म के जानुम उसको भित्रको चुरो परिपक्वता भनेर झल्यास्स सम्झिएकी उता डेरामा भात बसालेर आकोछु भनेर । डेरा पुग्दा सम्म त पुरै कोठा डढेको भातको कडा बास्नाले चार तल्ला माथि बस्ने घरबेटीको नाकको ढोकामा ढक्ढकाएछ । सोधीहाली बुढीले बरान्दामा टुकुटुकु आएर , “कुन चाहिंभाडावालले यस्तरी भात डढायो ? अैले घरमा आगो लागेको भए ?”
दोस्रो तल्लामा बस्ने मेरै छेवैको भाडावालले पोल लाइदियो । बुढी तल आइ र वार्निङ दिदै भनि , “ यो एक – दुई पटक नभएर आज समेत गरेर पाँच चोटी यस्तो हर्कत भैसक्यो । मेरो घरलाई केहि भयो भने जान्या छु तलाई । आइन्दा कहि भो भने सिधै अर्को तिर भाडा खोज्न गए हुन्छ ।”
म चुपचाप हस् आइन्दाबाट यस्तो हुदैन भन्दै अन्तिम पल्टको लागि माफ गरिदिनु भनेर अनुनय गरे । त्यो छेवैको भाडावालले ठिकै प¥र्याे बज्यालाई भनेर भनेको सुने । निकै रिस नउठेको होइन त्यो भाडेवाल संग तर सम्हालिए । आँखा तर्दै थियो म पनि के कम, हान्दिउँला झै गरेरे सुड्डेलाई मैले पनि आँखा तरे । यसो सर्टको बाहुला माथि के सारेको थिए । त्यो भाडेवाल तर्सिएछ । बुढीले ल ल भैगो भनेर भ¥या¨ उक्लिइ । बुढी गई र त्यो संगै त्यो भाडेवाल पनि । कोठामा छिर्न साथ तत्कालै चुकुल लायो सुड्डेले । अफिस जान ढिला हुन लाग्यो भनेर फ्रिजबाट हिजोको बाँकी रहेको एउटा डुनोट चियामा चोपेर खाइवरि अफिस पुगे ।
अफिसले मलाई केहि दिनको लागि बुटवाल पठाउने निर्णय ग¥र्या । अफिसले भने पछि जानै प¥र्याे । नमाने कर काटेर आको २४ हजार८ सय ३२ रुपैयाकोे जागिर जोखिममा । गए तीन जोर लुगा र ल्यापटप बोकी बुटवल सहर । दुई हप्ताको लागि भनेर पठाको अझै एक हप्ता लम्बि¥याई दियो ।मोनाको यादले फनफनी घुमाउन थाल्यो । कहिले फर्किऊ र उसलाई मनको सबै कुरा भनु जस्तो भैसकेको थियो । त्यक्तिका दिन सम्म मोनालाई भेट्दा पनि मैले उसको फोन नम्बर नलिएकोले साह्रै नमज्जा लाएर आयो । फेसबुकमा नाम सर्च गरेको त, खै को–को मोना पो देखाउँछ । ४ –५ पेज चेक गरिसके मेरी मोनाको आइडि त भेट्टाउदै भेट्टाइन । न्यास्रो लागेर आयो । बरु टहलिएर आउँछु भनेर बाहिर निस्के । क्लब डेनेभो निरको एक गिट पसल देखे । यसो सोचे मोनालाई गिट लगिदिनुपर्ला । गिट पसल त छिरे तर गिट के लगु भनेर अन्योलमा परे । खै केटी मान्छेलाई के मनपर्छ होला र भनेर सोचे । हाते घडि लगदिऊँ कि फोटोको फ्रेम ? ग्रिटि¨ीस् कार्ड दिऊँ कि प्रेमिल जोडीको स्ट्याचु? खै के दिऊँ, दिऊँ । भेउनै पाइन ।
“के खोज्नुभा दाई ?” पसलेले सोधी
मैले मेरो केटी साथीलाई गिट लगिदिनुपर्ने तर गिट छान्न नआको भनेर भने । के चाहिं मनपर्ला , बरु तपाईनै भन्नुन, केटीहरुलाई के मनपर्छ , सहयोग गरिदिनु गिट छान्न भनेर भने । उनले टेडि बियरको ¥याक तिर देखाउँदै भनि , “दाई प्राय केटीहरुलाई टेडि बियर भन्ने बित्तिकै मनपर्छ । मलाई नि मेरो ब्वाइफ्रेन्डले हर साल टेडिनै गिट दिन्छ भ्यालेन्टाइन डेमा । मलाई साह्रै मनपर्छ हौ दाई टेडि त । सायद तपाइको प्रियसीलाई नि मनपर्ला, यहिनै लगे हुन्छ ।” मैले नि ल नि त ल भनेर त्यो टेडिबियर प्याक गर्न लाए ।
तीन हप्ता पछि म काठमाडौं फर्किए । मोनालाई भेट्ने हुटहुटीले मनले दशैं मनाउन लाइराथ्यो । म कोठाको झ्यालमा बसेर होटल तिर आँखा डुलाए । निकै बेर सम्म हेर , मोना आइन । भोली आउँछिन् होली भनेर मनलाई शान्त पारे । भोली पनि आइन, पर्सि पनि आइन र निकोपर्सि पनि । मनले दशै मनाउन लाकोथ्यो क्यारे एकै चोटी पुस माघको जाडोझै ठण्डापो हुन लाग्यो । किन आइन मोना भनेर आफै गए र सोधे होटलवाली दिदीलाई , “ खै त दिदी तपाईकी हितैषी दौतरी ? ”
“ को दौतरी ?”
“ त्यै मोना के दिदी ।”
“ए मोनाको पो कुरा ग¥र्या । विचारीलाई सकस प¥र्याछ । ”
मन त पुरै जमेछ यो वाक्य सुन्दा । पुस माघको कठ्याङग्रीदो ठण्डीले बरफ बनाएझै भएछ ।
“के भएछ कुन्नी मोनालाई , के त्यस्तो आइलागेछ दिदी, भन्नुस् न ।”
“कठैबरा , खै के भन्ने भाइ । उस्की आमालाई दमको रोग थियो । उपचार गराउँदा गराउँदै पैसा खाँचो पर्न थालेछ । हरबखत भेन्टीलेटरमा राख्नुपर्ने । ऊ म संग आनो मनको पिडा भन्न आउँथी । म उसलाई हौसला बढाउँथे । सबै ठिकै हुनेछ भने । नआत्तिऊ भनेर मनोबल बढाउथे । दुई हप्ता अघिको कुरा हो । यो कुरा मैले घटना भाको तीन दिन पछि मात्र थहाँ पाको । मध्य राती उस्की आमाको दम निकै बढेको रहेछ । आफन्त पर्ने दाइलाई फोन गरेर बोलए पछि मेडिमेयर हस्पिटलमा लगेछन् । हस्पिटलले भर्ना गर्नुपर्छ, गएर काउन्टरमा पैसा डिपोजिट गरेर आउनु भनेछन् । विचारी संग केनै पैसा हुन्थ्यो र, त्यै आफन्त पर्ने दाइले ३० हजार एटीएमबाट निकालेर यो शर्तमा जम्मा गरेकी उसले उसको पैसा त्यो नाडीमा लाएकी बाला बेचेर पैसा फर्काउनुपर्छ भनेर । हुन्छ भनि । बरु अहिलेनै लिनुस भनेर दिई त्यो सुनको बाला । त्यो डिपोजिट गरेको पैसा त दुई दिन नपुग्दै सकेछ । अब अझै ३० हजार जम्मा गर भनेर भने पछि उसलाई आपत् प¥र्यो । पैसा कहाँबाट ल्याउने । भएको एउटा बाला पनि नरहे पछि उसले डिस्चार्ज गरिकन घर ल्याउँदा ल्याउँदै दम निकै बढेर ट्याक्सीमै प्राण त्यागिछन उसकी आमाले ।कोठै नल्याइ सिधै आर्यघाट लगेर काजक्रिया गरिछ ।”
मन निकै भारी भएर आयो मरो ।केहि भन्न सक्ने अवस्थामै थिइन ।आँसुपो बग्न थालेछ मेरो ।
“ भाइ, एउटा कुरा भनु है ?”
“भन्नुस् न दिदी, के कुरा ।”
“मोनाले तिम्लाई मनपराउँथी । सधै तिम्रो बारेमा म संग सोधी रहन्थी । तिम्रो बोल्ने शैली उसलाई निकै मनपर्छ भनेर भन्थी । अस्तिनै तिमी यहाँ आउँदा मैले तिमीलाई जिस्काको थिए नि । ऊ त लाजले भुतुक्कै भाथी । अनि पवनलाई किन नभनेकी त ? लाज लाग्छ हो ? यदि हो भने म कुरा गर्दिऊ त ? उसले पर्दैन दिदी भनेर भनि । किन त, मनपराकी छौ भने उसलाई थहाँ देऊ भनेर भनेको त उसले भनि, दिदी पवनजी राम्रो हुनुहुन्छ । व्यवहार पनि कुशल छ ।मिलनसार हुनुहुन्छ । उहाँलाई मनपराउने त होलान कोही न कोही, अथवा उहाँले अरु कसैलाई पो मनपराउँनु हुन्छकी ? होस् दिदी, यो कुरा तपाई र म बिच मात्रै गोप्य राखौं, कसैलाई नभन्नुस ल, पवनजीलाई पनि नभन्नुस् है भनेर भनेकी थिई । मैले हुन्छ भनेर भनेको थिए । तर आज तिमीलाई भनिदिए पवन ।”
मन सम्हाल्नै सक्ने स्थितीनै भएन । आखाँबाट आँसु आइरहे ।घाँटी सुख्खा भो । दिदीले पानीको गिलास दिनुभो र पानी पिए । २, ४ मिनेट त चुप रहयौ । दिमाग पुरै व्लाङक थियो । एकै छिन पछि सोधे मोनाको बारेमा । दिदीले त मोनाले डेरा सरेर गई भनेरपो भन्नुभो । “ मोना अब डेरा सरेर कहाँ जान लागेकी ?” बस् उसले यहि जवाफ दिइ,भाई, “खै... के जानुम । जहाँ जहाँ किस्मतले लान्छ, त्यतै त्यतै गइन्छ होला दिदी । हस् दिदी यक्तिका वर्ष सम्म साइनो गासियो । सायद यहि सम्मको रहेछ भनेर बिदावरि भई...”
म टोलाइरहे । रुन मन थियो तर यो बेला सम्म आँसुको धारा सुकिसकेछन् । बस् आँखा सुन्नाएर आँसुले त्यो बेलाको लागि बिदा लियो । मैले मेरो डेराको झ्यालमा टेडिबियर राखेको थिए । मोना आउलिन र केहि मिठा बात गरेपछि कोठाको झ्यालमा औलाले देखाइ, ऊ मोना तिम्रो लागि टेडिबियर गिट ल्याकोछु । हिड् म संग मेरो रुम, तिम्लाई दिन्छु भनेर भन्छु भनेर सोचिराथे । तर किस्मतको मञ्जुरीनै रहेनछ । म घोत्लिन थाले अब फेरि मोना कहिले फिर्ने हुन् भनेर । आफैले आफैलाई जवाफ दिए । खै...म के जानुम । दैवले लेखेको नियती सायद उसैले जानुम ।
प्रकाशित मिति: कात्तिक ३, २०७४ | रातोपाटी
No comments:
Post a Comment