Friday, December 1, 2017

एक्लोपनको घाउ

मोइन उद्दिन 
काठमाडौँ 

जीन्दगी रमाइलो तब मात्र हुन्छ जब मानिसले आफूलाई एक्लो महशुस गर्दैन। यो कुरामा निकै गहन कुराहरु लुकेका छन र यसलाई बुझन सक्यौँ भने साँच्ची जीन्दगीमा कम से कम मानिसले आफूलाई एक्लोपनाको कहिले महशुस गर्नु पर्दैन।

मानिस एक्लै जन्मिन्छ, सायद यहि कुरा हामीले नबुझ्दा अनेक समस्या आइपर्छन। प्राय हामी सबै एक्लैनै छौँ, जे जत्ति ढोङ्ग गरेतामा पनि यो लेख पढिराख्दा तपाई एक्लैनै हुनुहुन्छ तर साथ मेरा शब्दहरु भइदिन्छन तब जब तपाईले यसलाई आफ्नो साथी ठान्नुहुन्छ।

हामी मानिसमा आस गर्ने निकै ठूलो इन्धन पहिलेनै संचित गरेर तन र मनमा राखिएको छ। ति इन्धनहरु हुन माया, प्रेम, स्नेह, अपनत्व, मान, सम्मान, स्विकार, प्राप्ती, सुख, आन्नद , प्यास मेटाउने पानी, छुवाई र शंका (शुद्ध पेट्रोलमा मट्टीतेल मिसाए झै।)

संसारको हरकोहि मान्छेले मान, सम्मान, प्रतिष्ठा लगायतका अनेक तत्वहरु खोज्छ नै। बाटोमा हिड्दा एउटा भुकिरहेको कुकरले उसैको छेऊबाट हिड्दा त्यो कुकुरले नभुकेमा त्यस मान्छेलाई निकै आन्नद मिल्छ, चैन मिल्छ, मन हल्का हुन्छ।

यत्रो ठूलो भोज जहाँ तपाई पहिलो चोटी जाँदै हुनुहुन्छ, डराइरहनु भाछ, के बोल्ने, कसरी कहाँ गएर बोल्ने, कोहि चिनेको छैन भने मनमा अनेक डर आउने गर्छ तर बस् एकजनाले हेलो, केछ भनेर मुस्कुराँइ मात्र दिदाँ कत्ति आनन्द आउँछ र तपाई फेरि उहिसँगै भए पनि नजिक हुनु चाहनुहुन्छ त्यत्रो सयौ मान्छेहरु उपस्थित भइकन पनि त्यस भोजमा किनकी तपाईले अरु कसैलाई चिन्नु भा छैन र त्यस व्यक्तिले तपाईलाई पनि तर अघिको अलि कतिको हेलोले तपाई ऊ नजिकै गई र भ्याए सम्म खाना पनि बस एक मुस्कुराहटको सहाराले खान थाल्नुहुन्छ।

र शंकाले त्यति खेर जरो गाड्छ जब परिचितले अपरिचत जस्तो व्यवहार गर्दा। सँगै वर्षै स्कूलमा पढियो, खेलियो तर पछि यस्तै १० वर्ष पछि कुनै कार्यक्रममा भेट्दा, उसको सान ठूलै भैसकेको हुदाँ, तपाई केवल ठिक्कको पेसा अंगालिरहदाँ, उसले तपाईलाई हेरे तामा पनि नचिनेको जस्तो व्यवहार गर्दा मन ३ टुक्रा भन्दा बेसिनै टुक्रा भैसकेको हुन्छ।

सधै फोन गर्ने प्रेमिले उहि बेला फोन नगर्दा तनाव उत्पन्न हुन्छ या सधै गफ गर्दा तिमी बाहेक म एकपल पनि बाच्ँन सक्दिन भन्नेले महिनौँ सम्म आफ्नो र्स्वाथ पुरा गरिसक्दा सम्पर्क नगरिदिदाँ आफ्नो संसार चियापत्ति हो कि जस्तो भान हुन्छ, एक चोटी मज्जाले दुधमा रङ्ग छाड्छ र त्यस पछि कुनै कामको आउँदैन त्यस मानिसलाई त्यो चियापत्ति अनि अर्को चियापत्तिको खोजिमा लाग्छ आफ्नो गरम तनलाई सन्तुष्ति दिलाउन।

लोग्ने र स्वास्नीमा जब सुरुको प्रेम घट्दै जान्छ तब शंकाले डेरा हाल्छ। पति अफिस जदाँ श्रीमतीलाई अरु केटी स्टाफसँग मस्किरहेको होकी र पतिले शंका गर्छ, म घरमा नभाको बेला अरु भुसतिघ्रेसँग छोइडुम पो खेलिरहेकी होकी भन्ने लाग्छ।

जब बारम्बार बच्चाले आफ्नो बा–आमासँग केहि कुरा ल्याईदिनुस न भनेर ढिपि गर्दा (त्यो बेला उसले त्यस्तो गहिरिएर सोचेको हुदैन) र उनीहरुले हुन्छ म ल्याई दिन्छु भनेर भन्दा (यो पाली गहिरो रुपले सोचेको हुन्छ।) र ल्याउँछु ल्याउँछु म पछि पछि भनेर भन्दा खेरि त्यो उसको बच्चाले शंका गर्न थाल्छ, मेरा बा–आमाले झुठ बोलेका हुन र कहिले नल्याई दिनेवाला छैनन भनेर घृणाको बिऊ रोपि सकेका हुन्छन। 

यो रोप्ने भनेको त्यही बाउँ–आमानै हुन। कि सुरुमै म सक्दिन भनेर भनेको भए उसको बच्चाले केहि छाप बसाउँदैनथ्यो मन मस्तिष्कमा तर पर्ख न , म ल्याई दिन्छु, किनि दिन्छु भनेर आस जगाएर नकिनि दिदाँ, न ल्याई दिदाँ ति बच्चाहरुले आफ्नो बा–आमाको दुश्मन हुन पुग्छन।

बच्चा कसरी बिर्गिन्छ, यि दुई कारणले, एउटा त माथि उल्लेख गरिसकेको छु र अर्को लाड प्यार र गल्तीलाई पनि नदेख्ने र त्यही बेला सजाय नदिने हुदाँ बिग्रिने गर्छन।

प्राय सबै मानिस चिन्तित छन् यहि सामान्य लाग्ने कुराहरुलाई सम्झेर जुन एक्दमै जटिल हुन्छ।

फेसबुकमा १०००,२०००, १०००० फ्रेन्ड भएर पनि त्यो व्यक्ति एक्लै हुन्छ र फेसबुक चलाउने प्राय एक्लैनै हुन्छन। सोच्नुस न तपाई आफै कत्ति एक्लो भएर घण्टौ कम्प्यूटरमा बस्नुहुन्छ।

एक्लोपनले हाम्रो अहिलेको जेनेरेसनलाई निकै सताएको छ। बडे से बडा सुविधा सम्पन्न व्यक्तिहरु एक्लो छन।

जन्मियो एक्लै र मर्छ पनि एक्लै। यो कुरालाई हामीले नस्विकार्दा यस्तो पिडा झनै बल्भि्कदै, काटेको घाउ बिस्तारी च्यातिदैँ गए झै मनको घाउ पनि बढि रहन्छ। 

बस हाम्ले हामीसँग केवल हामीनै छौँ, त्यो बाहेक कोहि म संग २४ घण्टा रहनेवाला छैन भनेर नमान्दा सम्म पिडा भैरहन्छ। 

हामी आफू बाहेक संसारको सजिव तथा निर्जिव कुनै पनि कुरा हामी संग सदा रहदै रहदैन।

आज लाएको लुगा केहि दिन पछि फेर्नैपर्छ, त्यो च्यातिन्छ पनि, खुइलिन्छ पनि। 

आज किनेको कलमको मसी केहि दिन पनि सिध्न्छ, नलेखतामा पनि यत्तिकै सुकेर कामै नलाग्ने भएर जान्छ। 

अहिले खाएको खाने कुरा केहि घण्टा पछि दिसा बनेर निस्कन्छ। 

अब आफूले कत्ति गहन कुराहरु सम्हालेर राखेमा त सम्हालेर राख्न सकिदैन। आफूले पाएको बच्चा भोलि अर्कैको श्रीमान –श्रीमती भैसक्दा कसरी हामी त्यो सधै आÏनै होस भनेर प्रार्थना गरिराख्छौँ। सब बेतुकको प्रार्थनाहरु हुन।

बस् आफूलाई माया गर्नुस, यो प्राण मात्रै तपाई संगै अन्तिम मृत्युको समय सम्म रहिरहनेछ र त्यस पछि यसले पनि छाडेर जानेछ। त्यै भएर जो चिज धेरै बेर सम्म टिक्छ त्यसैलाईनै स्यार्हान, हुर्काउन, खुसी साट्नमा केन्दि्रत भयौ भने
जीवनको अन्तिम दिन सम्म एक्लो हुनु पर्दैन नत्र मानिस त हरपल एक्लै रहेकोनै थियो र दुखीनै भएर मर्नेछ।

बस् आफूलाई सुख दिनुस र अरुबाट अपेक्षा गर्न छाडौँ –यसो गरेमा एक्लोपनको घाउ केहि हद सम्म निको हुन्छनै।


प्रकाशित मिति: बुधबार, आश्विन २२, २०७१ ११:०८:३६ | सेतोपाटी

No comments:

Post a Comment