मोइन उद्दिन
काठमाडौँ
थाहा“ छ तपार्इंलाई, संसारमा बेसी केही नसिकी केही अभ्यास नगरी नाटकमा राम्रो तरिकाले अभिनय गर्ने को हो भनेर ? हामी मानिस नै हौं । सेक्सपियरले भनेका थिए यो संसार नाटकघर हो र हामी त्यसका कलाकार ।
सोच्नोस् न गहिरिएर, अहिले तपाईं यो लेख पढ्दै हुनुहुन्छ, तपाईं पनि त पढ्ने नाटक गर्दै हुनुहुन्छ । किन जानुप¥यो र नाटकघर अभिनय सिक्न, जब हामी आफसेआफ जीवनका सत्य कुरा, परिस्थिति प्राकृतिक रूपमा चित्रण गर्दछौं भने ।
मैले सिकेको पाठ के हो भने जे कुरा छ, जे सत्य छ र जे पहिलेदेखि नै छ, हो, त्यही नै हो उत्कृष्ट र यसलाई सार्न खोज्नु, त्यही मान्छेजस्तो हुन खोज्नु, ऊजस्तै आफू पनि बन्न चाहनु, त्यही मान्छेजस्तो लेख्न चाहनु । ऊजस्तै राम्री हुन चाहनु । ऊजस्तै व्यवसाय गर्न चाहनु, ऊजस्तै बोल्न, खान, बस्न, हिँड्न, भाषण गर्न, ठट्टा गर्न, मोडलिङ गर्न हो, यो सब गर्न खोज्यौ भने नाटक सही तरिकाले गर्नै सकिँदैन, ओरिजिनालिटी रहँदैन । सबले भन्छन्, यसले त चो¥र्या हो, जति लुकाए पनि संसारका कुनै न कुनैले भन्दिहाल्छन्, यसले त चोरेकै हो भनेर ।
हाम्रो गल्ती भइराछ तर हामी त्यसलाई स्विकार्न चाहँदैनौं । खालि प्रतिस्पर्धामा उत्रिन खोज्छौ, कसरी हुन्छ, जसरी भए पनि आफू ऊभन्दा निकै अगाडिको रेसमा रहन चाहन्छौं, त्यही भएर त मान्छे सधैं दुःखमा रहन्छ ।
सोच्नोस न, ठ्याक्कै कसैको केही पनि त्यही तरिकाले केही जस्ताको त्यस्तै सार्न सकिँदैन । म तपाईंजस्तो हुन सक्दिनँ र तपाईं मजस्तो । तपाईं–तपाईं हो र म–म नै हो, त्यो कुरा बुझ्नु जरुरी छ ।
मान्छेको चाहना र इच्छा पनि कत्ति हो कत्ति । झन् डरलाग्दो कुरा त के हो भने हामी हाम्रा चाहना र इच्छालाई दाज्छौं, अरूसँग, यही त छ गडबडी । हामी केही कुरा पढ्छौं कसैले लेखेको र त्यो लेखक समकालीन छ भने उसलाई हामी नराम्रो तुल्याउन या भनौं न हामी राम्रा पाठक हौं भन्न त्यस लेखकको लेखलाई विश्वचर्चित लेखकसँग तुलना गर्न थाल्छौं र अनेक टिप्पणी गरेर त्यस लेखकको साखलाई झार्न चाहन्छौं तर त्यही टिप्पणी गर्नेलाई ‘लौ हजुर तपार्इं लेख्नुस् न त जस्तो तपाईंले टिप्पणी गर्नुभाछ’ भन्दाखेरि एकैछिनमा फेसबुक खोली फ्रेन्ड लिस्टबाट नमस्कार गरी पछि भेटघाट भइहाले पनि नदेखेझैं गर्न पुग्छन् ।
मलाई त अचम्म लाग्छ , हाम्रा समाजका भनाउ“दा टिप्पणीकारहरूलाई देखेर, हरेक कुरामा टिप्पणी गर्छन्, उसको छोरो उस्तो, छोरी उस्ती, अस्ति देखेको थिएँ, खै कुनचाहिँ भुसतिघ्रेसँग मस्केर हिँडेकी । फलानौको बाउले त अर्की राख्या छ रे नि, सधैं त्यसलाई नै भेट्न जान्छ, मैले आÏनै आ“खाले अस्ति बाटोमा देख्या । तर, त्यही कुरा अरूले उसैका लागि टिप्पणी गर्दा, के रे, के भनिस् रे, मेरो छोराले कहा“ त्यस्तो गर्छ र, मेरी छोरी त कलेज गएर फर्किहाल्छे भनेर कुरा सल्ट्याउन कसिन्छन र एकदमै आवेगमा आए मुक्कामुक्की गरेर हजारौंका सामान घाटामा पार्ने गरी जोसमा होस गुमाई घर फर्किन्छन् ।
हुन त त्यस मानिसलाई थाहै हुन्छ, तर सत्य कुरा पचाएर बस्छन् । रिस त मलाई यो कुरामा उठ्छ कि जब अरूले भन्छन्, उसले त्यत्ति कमाउ“छ, उसको लेख मात्रै छापिन्छ, सधैं होटेलमा गएर खाएकै छ, मुस्कुराएकै छ, दरो कारोबार गरिराखेकै छ भनेर भन्छन् र आफूलाई सधैं गरिब देखाउ“छन् । फेरि सत्य कुरा के हुन्छ भने उही नै हुन्छ आÏनो बच्चाबच्चीलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया पठाउन कस्सिएका अरूलाई चाहिँ निकै
कुरा सुनाउ“छन् ।
हुन त यो प्रायः सबैले यही नै गर्छन्, अरू सबै सधैं धनी, उनीहरू सबल, सफल तर आफू सधैं त्यहीको त्यही, गरिब ।
सत्य कुरा त उसैलाई मात्र थाहा छ, जो यी परिस्थितिसँग गुज्रिराछन् ।
मानौं एउटा विद्यार्थी छ, एक्लै बस्छ, कमाउ“छ, कलेज पनि जान्छ , फेरि घर भाडा उसले तिर्नैप¥यो, पेटलाई कमसेकम दुई पटक हेर्नैप¥यो, अब कलेज जान गाडी नचढी सुखै छैन, झन् साथीहरू छ भने त चिया चु™ोटमा केही पैसा खर्च गर्नैपर्छ । अब बिरामी
परिहाले उपचार गर्नैप¥यो । झन् आजभोलि त टेक्नोलोजीको जमाना छ, फोनविना कामै हँुदैन, त्यसमा पैसा हाल्नैप¥यो, बोइफ्रेन्ड–गर्लफ्रेन्ड छ भने उसलाई मक्ख पार्ने मह बोली बोल्नैप¥योे । उसलाई भेट्न जा“दा च्यातेको प्वाल परेको कट्टु लाएर त जानुभएन, राम्रो पहिरन पहिरिनैप¥यो । कपाललाई सर्लक्क कोर्नैप¥र्यो । अब गफ गर्नलाई ठाउ“ खोज्नैप¥र्यो, त्यसका लागि कफी सप, रेस्टुरेन्टमा गई केही खाने कुरा मगाई कम्तीमा पनि दुई कप चिया अर्डर गर्नैप¥र्यो ।
यो सबका लागि चाहिँदैन र पैसा ? बिचराबिचारीलाई कत्ति टेन्सन हुन्छ तर उसका साथीले ऊ सधैं रमाएको देख्छ र आफू सधैं अभागी ।
सबले गर्ने त्यही हो, आफू अभागी र अरू सबै सधैं भाग्यशाली तर गाली गर्ने सवालमा । बहस गर्ने बेलामा आफू सधै राम्रो र त्यो बाहेक सबै फटाहा देख्छन् । टीकाटिप्पणी गर्नेहरू पनि उही ड्याङका मूला हुन । आफूले केही गरेर देखाउन सक्दैनन् र बसीबसी चिया, चुरोटको सुर्को तान्दै, फलानो उस्तो, फलानो त्यस्तो भनेर अलि थाहा पाए र बेसी सुनेका भरमा नेपाली कथानक चलचित्र बनाई भ्याउ“छन् ।
नेपालका प्राय तह तप्कामामा यस्तै बिगबिगी छ । झूटा अभिनय गर्नेहरूको भीडभाड । खालि अरूको आङको नभएको र झनै स्याम्पुले नुहाएको टाउकोमा समेत जुम्रालाई बहाना बनाई जात्रा नै गरी देखाउनेहरू र खुट्टा तान्नेहरू भरिभराउ छन् ।
मैले बुझेको कुरा के हो भने, कुकर भुक्दै गर्छ, आफू हिँड्दै गर्नुपर्छ, नत्र रोकिए टोकिहाल्ने खतरा निकै नै बेसी हुन्छ ।
शंकरदेव क्याम्पस, पुतलीसडक, काठमाडौं
moinuddin_200000@yahoo.com
प्रकाशित मिति: २०१४-१०-१२ ०७:३५ | राजधानी (राष्ट्रिय दैनिक पत्रिका ) न्यूज पब्लिकेशन प्रा. लि.
No comments:
Post a Comment