Wednesday, November 5, 2014

लुडोको गेम














हामी कत्ति भाग्यमानी भएर पनि अभागीको जिन्दगी बाँँच्न नचहाँदा पनि आÏनै व्यवहारले गर्दा बाचिँरहेका हुन्छौ । मलाई साँच्ची कस्तो भएर आउँछ जब मानिसले आफूले चाहेको या नचहाँदा पनि राम्रै कुरा पाइराख्दा तर त्यसको महत्व नबुझीदिदा त्यै कुरा या भनौ सम्बन्ध या जागिर, पढाई, मिठो खाना, सबै खेर फालिदिराको ।

म सोच्न बाध्य हुन्छु , संसारमा यस्ता मानिसहरु छन जो सरकारी स्कूल – कलेजमा केहि १०–१२ हजार पैसा नभएर पढ्न नपाएका र यहाँ यस्ता मानिसहरु छन जसका बा–आमाले लाखौ लाख पैसा खर्च गरि, बाबु–मेरो छोरा, मेरी छोरी भनेर माया गरि पढाउन खोज्दा खेरी पनि पढ्नै नमान्ने ।


यहि संसारमा यस्ता मनिसहरु छन जो खाना खान नपाएर फोहोर फालेको ठाँउबाट केहि खाना भेटिएला र खाउँला भनि कसरत गरिराखेका हुन्छन भने उता चिकेनको फिल्ला अनि बिरयानी त्यसको साथमा अचाँर र आँपको जुस ल्याएर टेबलमा राखिदिदाँ–ओइ ममी, डयाड् किन ढिला ल्याउनुभाको, ल म खाँदै खान्न भनेर लात्तिले हानेर रिस पोख्ने सम्मका छन ।



प्राय सबै देशको चिन्ताको विषयनै हुनुपर्छ र खासगरि मध्यमवर्गिय मानिसको –जागिर – हो जागिर पाउँन क्या मुस्किल छ, त्यो एउटा भर्खर डिग्री हासिल गरेका या भनौ आफू संग पैसा नभएर र त्यस माथि ४–५ जना आफूमा निर्भर भएर बसिराख्याहरुलाई यसको महत्व थहाँ होला मज्जा संग, कि महिनाको ८ हजारको मूल्य कत्ति महत्व राख्छ उसको जिन्दगीमा, कत्तिको आशा होला त्यो कमाईमा र यहाँ यस्ता व्यत्तिहरु छन जो घुर्की लाएर आÏनो भन्या अनुसारको तलबमा केहि २–३ हजारको तल माथि हुन आएमा ८०–९० हजारको जागिर – के हामीलाई भिक माग्ने सोच्या छस् भनेर लत्याएर जानेहरु पनि छन ।


जिन्दगी बडो मज्जाको लुडोको गेम सरह छ– सर्पो वाला । कति खेर कुन ठाउँमा पुगेर भर्‍याङ्ग उक्लिन्छ र सर्वोच्मा पुगिन्छ भने कति खेर कहाँ माथि गन्तव्यमा पुग्न लाग्दा सर्पले टोकेर त्यही सुरुको अवस्थामा नराम्ररी पछारिन्छ ।


एउटा कुरा मैले मेरो २४ वर्षको जिन्दगीमा बुझेको, त्यो के हो भने, हरेक कुराको मान गर्नुपर्छ र अह्म भन्ने चिज कहिले तन र मनबाट व्यक्त गर्नु र देखाउनु हुदैन । बस् जे छ त्यसमा धन्यवाद दिई अझै राम्रो बाटो पहिल्याउदै जानुपर्छ ।


म त भाग्यमा र यसलाई बनाउने भाग्यविधातामा विश्वास गर्ने मान्छे र म यि दुईलाई निकै सम्मान गर्ने गर्छु । यदि  भाग्यविधातालाई ठेस पुर्‍याउने काम गरियो भने एउटा कम्पनीको मालिकले जसरी आÏनो निकट र माया लाग्दो कर्मचारीले ठेस पुर्‍याउने र उसलाई ठग्ने काम गर्दा कसरी उसलाई निकालीदिन्छ र उसको सबै काम समाप्त भई त्यो कर्मचारीे घर विहिन तुल्य हुन्छ , त्यसरी हामी पनि एक कर्मचारी हौ यो संसारमा र यसको मालिक अरु कोहिनै हुन । न केहि हो हाम्रो , न केहि पाउनु छ अन्त्यमा – केहि सुविधा र सम्मान बाहेक ।


नाम – मोइन उद्दिन
ठेगाना – शंखरदेव क्याम्पस, पुतलिसडक, काठमाडौं
इमेल– moinuddin_200000@yahoo.com
फोन –९८४१६८९४३७


No comments:

Post a Comment