मोइन उद्दिन
जीन्दगीमा पाउँनु के छ, लानु के छ, अनि कसैले दिएका कुरा तिम्रै लागि कोसेली भनि, त्यसलाई कहाँनै लानु छ र आफूले पनि कसैलाई उपहार स्वरुप दिएका कुरा उसले पनि कहाँनै बोकेर त्यसको मज्जा सदा सदाको लागि लिनेछ ।
क्षणिक जीन्दगी, क्षणिक मोज, क्षणिक सम्बन्ध, क्षणिक सोच । जीन्दगीमा रिस राग पनि केनै पाल्नु, कसलाई पर्छानु, के नै लडिनु र के नै उठाउनु ।
आज यस्तै एउटा साथीलाई भेटेर, हुन त ऊ संगको दोस्रो भेट हो – केहि गफ गर्र्यौ, केहि उसको मनपर्ने कुरा सुने, केहि मेरा कुरा उसलाई सुनाए –के खोने भन्ने प्रश्न म तर्फ अपरझट तेस्र्रिदा, मेरा आँखा र ध्यान उसले भर्खरै किनेकी किताबहरु तिर दौडाउँदै थिए । उसको प्रश्नको जवाफ दिनु थियो झट्टै भने जे भए नि हुन्छ । चिसो खाने हो ? हुन्छ भनेर जवाफ फर्काए ।
पसलले दाईले ओप्नरबाट बिर्को खोली ढ्याक्क हामी बसेको टेबलमा राखे पेय पर्दाथ, मैले कुराको थलानी सुरु गर्ने सोच बनाए र प्रश्न गरे– के छ त हालखबर तपाईको ? सबै ठिकै छ भनि, सरल उत्तर तुरुन्तै पाइ हाले – अनि यक्तिका भेरै किताब किन्नु भा रैछ ? अँ, उनले सबै सेतो प्लास्टिक झोलाबाट निकालेर एकएक गर्दै देखाउँदै थिई – त्यहाँ खग्रेन्द्र संग्रौला, जगदिश घिमिरे, विजयकुमारको नयाँ किताब खुसी देखि लिएर आÏना घरमा सायद दिदीको छोरा हो कि छोरी खै के भनेकी थिइ, अँ उसैको लागि भनेर भनि ।
मेरो अझै ध्यान किताबमानै थियो – खग्रेन्द्र संग्रौला, हुन त चिरपरिचित साहित्यकार भएता पनि मौका जुरेको थिएन उहाँको शब्दलाई पढ्न , कुन पब्लिकेसनले छापेछ भनेर हेर्दा उहि विजयकुमार पाण्डेले हालसालै निकालेको पब्लिकेसनबाटनै रैछ – सोचे, मैले पनि त उपन्यास (अंग्रेजीमा लेख्या थिए त्यसको) पाण्डुलिपि केहि महिना अगाडि दिएको थिए त्यही पब्लिसरलाई , उत्तर केहि महिनानै लाग्यो पाउनलाई, जुन थियो हामी छाप्न सक्दैनौँ – मुटु दह्रो बनाएको थिए, अनि फेरि मनमनै भने, अलि सुरुवाती दिनहरुमा यस्तै हुन्छ, भर्खर भर्खरेहरुलाई , मेरो पनि दिन आउँला भनेर फेरि उहि साथी संग गफमा फर्के ।
चिसो पेय पर्दाथको एकएक घटुक त्यो पनि मिनेट मिनेटको अन्तरालमा लिदै उनको साहित्य तर्फको रुचि र किताब प्रतिको मोहको बारेमा सुन्दै गए – रमाइलो लाग्यो । उहाँले पनि मैले फेसबुकमा सेयर गरेको मेरा ब्लगका लेखहरु पनि कस्ता राम्रा हुन्छन, शब्दहरु क्या मज्जाले लेख्नु हुन्छ भनेर भन्दा मुटुलाई अलि मज्जा पनि आयो ।
केहि समय पछि म र उहाँ पुस्तक प्रर्दशनी स्थल तर्फ लम्कियौ, हुन त मेरो पहिलो पल्ट हो तर उहाँको दोस्रो ।
सुरुमा त एउटा किताबको विमोचन समारोह हुदै रहेछ, त्यहाँ केहि बेर बसौ अनि उता जाउला भनेर भन्दा यस्तै सिट खोज्ने चक्करमा सबै भन्दा अगाडिको लर्कोमा पो गई बस्न पुगियो ।
एकजना हुन त भुतपूर्व सभासद त उहाँ पक्कै हो तर यो पालिको निर्वाचनमा पनि सभासद चुनिनु भाको होकी नाई त्यो चहि ठम्याउन सकिन । उहाँलाई केहि आÏना कुरा राख्न निम्त्याइएको थियो । बडो गज्जब पारामा उहाँले त्यस कविको कविताको बारेमा मिठो ढङ्गमा विश्लेषण गर्दा मज्जा आयो, के आयो –मज्जा आयो ।
आÏनो गर्लफ्रेन्डको गालाको तुलना संगुरको फिल्ला संग कविले गरेका रहेछन यो पढ्दा क्या मज्जा आयो भनेर ति सभासदले भन्दा दर्शकहरु पनि निकै हाँसी, ताली बजाँए ।
उहाले त्यस पछि राजनितिक कुराहरु जोड्दै जादाँ अलि अल्छिी नलाएको होइन उसलाई तर म स्वाद लिदै थिए आहुती जीको यानि त्यस राजनितिक अतिथि जसले व्याख्या गर्दै थिए, त्यस भखैरै विमोचन गरिएका किताबका कविको शैलीलाई ।
मौका पाकै छु भनेर त्यहाँ नपस्किदाँ नि हुने कुरालाई दिल खोलेर कत्ति दिन देखि कहाँ गएर फुकाउँ भन्ने उहाँको प्यासी आर्दश र व्याख्याई उहाँले त्यही आएका पाहुनाहरुलाई खुवाँए ।
पछि हामी लाग्यौ प्रर्दशनी स्थलमा जहाँ किताबका अनेक सर्वतहरु पस्किएका थिए, सबै पिऊँ पिउँm जस्तो लागेता पनि कुनै किन्ने रहर जागेन, बस् इच्छा थियो र अहिले पनि उत्तिकै छ आÏनो किताब चाहिं कसरी छापेर यसरी पुस्तक प्रेमीलाई पिलाउन पाउने भनेर, बस् कसरी हुन्छ होला भनि पब्लिसरहरुको ठेगाना हेर्न थाले, अब धेरै कुरा एकै चोटि खानको लागि पस्किनै रहदाँ कुन खाउँ कुन खाउँ भनेर चयन गर्दा गर्दैनै खाना सकिन लाए झै, म पनि गेट बाहिर निस्किसकेको रहेछु –ठेगाना टिप्नै पाइन ।
पछि त्यस साथीलाई बिदाँ गरे पछि कुनै दिन भेट्ने र उहाँले मलाई स्टिभ जब्सको किताब त्यही बेला दिने शर्तमा र म सधै आउनु र पछि निस्केर फेरि त्यही आउनु पर्ने ठेगानामा आउँदै गर्दा, कत्तिऔ समय पछि फेरि मुस्कान साट्न पाउदा अतिनै खुसी लाग्यो ।
के भाथ्यो भन्दा खेरि, म आउँदै गर्दा पछाडिबाट साइकल मेरै छेउमा अल्झेर म तर्फ लाग्नै लाग्दा, त्यस साइकल चालक रोकिनु भएछ, यसो पछाडि हेरे, मलाई केहिले पनि छुदै छोएन छ, उहाँको अनुहारमा हेर्दै मुस्कुराएर हातले इसारा गरे, ल जानुस भनेर –उहाँ मुस्कुराउनु भयो र सोध्नु भयो –लाग्न त लागेन नि तपाइलाई ? अँ लागेन भने, उहाँले आÏनो त्यही ४,५ वटा कुच्चो बाधेको साइकल हुइकाउदै जानु भयो ।
म उहाँले कुदाउनु भएको बाटो हुदै आउँदै थिए, यसो त्यो साइकल चालक सिधै हुइकिनु भयो र म यस्सो अलि बायाँ तर्फ मोडिदै २० पाइला जत्ति हिडेर, टक्क उभिएर जुत्ता टकटकाए, ढोका खोले अनि भर्र्याङ्ग उक्लिदै ल यहि बारेमा लेख्छु भनेर सोच बनाए र कोठामा छिर्न साथ –ज्याकेट र टिर्सट फुकाली कुर्ता पहिरिए, ब्याग खोली मैले रफ गर्ने कपि निकाली पाइन्टको खल्तीकाट कलम झिकी यसरी लेखे र अहिले मोबाइल या त ट्याबलेट अथवा खाजा खाई या एकान्तमा डेस्कटप कम्पियूटर या कुनै पत्रपत्रिकामा पढिरहनुभाछ, है ।
खुसी लायो मनैबाट । फेरि केहि लेखुला अनि अहिले जस्तै गरि मलाई उहि बेला पनि आÏनै मान्छे सोची मेरा लेख पढि दिनुहुनेछ भन्ने अनुरोध र आशाका साथ अहिले केहि समयका लागि बिदा हुन्छु ।
हजुरको पल र अनेक तपाई संगै रहेका क्षण –पढ्दै, मुस्कुराउँदै बितोस् ।
आखिर जीन्दगीमा पाउनु के छ, लानु के छ ।
इमेल– moinuddin_200000@yahoo.com
No comments:
Post a Comment