मोइन उद्दिन
प्राय मानिस व्यापार गर्न या व्यवसायी बन्न ३ वटा कुरा ऊ संग भए र त्यसलाई मिलाएर योजना बनाई कार्यन्वयन गर्ने हो भने उसले राम्रै संग व्यापार गर्न सक्छ र ति हुन प्रशस्त समय, प्रशस्त पैसा र अथाह काम गर्ने भरपुर शक्ति तर कमैले मात्र यो अवसर पाइराखेका हुन्छन । हामीले हाम्रो जीवन चक्रलाई हेर्ने हो भने पनि हामी संग एउटा न एउटा कुराको कमीले गर्दा हामी राम्रो तरिकाले व्यवसायी बन्न सकिरहेका हुदैनौ ।
सानो छदाँ हामी संग प्रशस्त मात्रामा समयको साथ काम गर्न सक्ने शक्ति पनि हुन्छ तर पुँजीको कमीले आफूले बनाएको मास्टर प्लान त्यत्तिकै राखिराख्न हामी बाध्यनै हुन्छौ र जब त्यो बालक अलि ठूलो हुन्छ, काम गरेर आत्मनिभैर हुने अवस्थामा हुन्छ त्यो बेला ऊ संग पुँजी र शक्ति हुन्छ तर आफूले चाहेको व्यवसाय संचालन गर्न या भनौ आÏनो वर्षौ देखि देख्दै आएको सपना यहि केहि दुरीमा भेट्टाउने अवस्थामा भई राख्दा पनि समयको अभावले उसले आÏनै आखाँको अगाडि गुमाउन पुग्छ र अर्को अवस्था हो – वृद्धकालको – ऊ संग पैसाको साथै समय पनि प्रशस्त हुन्छ तर काम गर्न सक्ने शक्तिनै हुदैन र प्राय हामी त्यही चक्रमा अल्मलिरहेका हुन्छौ अनि मृत्युको मुखमा सम्म पुग्न लाग्दा पनि सपना अधुरोनै रहन जान्छ ।
हुनेनै यहि हो, एउटा संग अथाह ज्ञानको साथै सिप हुन्छ भने ऊ संग पुँजीको कमीले उसको सपना अधुरोनै रहन्छ र अर्को थरि यस्ता मानिस हुन्छन, जो संग पुँजी त हुन्छ तर ज्ञान र सिपको कमीले राम्रो व्यवसायमा लगानी गरेर फाइदा लिनबाट चुकिरहेको हुन्छ ।
हाम्रो देशमा पनि यहिनै भैरहेको छ – सरकार संग बजेट छ तर त्यसलाई कुन क्षेत्रमा लगानी गरि आर्थिक फाइदा कसरी लिने उसलाई त्यति ज्ञान हुदैन र कस्तो जनशक्ति चाहिन्छ त्यो काम गर्न भनेर समेत उसलाई जानकारी हुदैन उता पट्टी निजी क्षेत्र संग योजना र सिप हुन्छ तर व्यवसाय गर्न सरकारबाट अनुमति दिइएको हुदैन या त अनुमति लिन लामबद्ध हुदाँ त्यसको छलफलनै चाँडो गरिदैन – अब दुवै मिलेर काम गर्नै हो भने पुरै राष्ट्रको लागिनै हित हुनेछ र राष्ट्रलाई हित हुनु भनेको उसको जनताको पनि हित हुनु हो ।
हामी संग भएको सिप, ज्ञान राम्रो संग परिचालन गर्न सकेमा मात्र हामीलाई धेरै ठाउँबाट लाभ हासिल गर्न सकिन्छ । त्यसको लागि सरकार र निजी स्तरका सरकोरवालाहरुले उपयुक्त कदम उठाएर त्यस जनशक्ति संग भएको खुबी अनुरसारको काम उपलब्ध गराएर र त्यही काम को लागि अरुलाई पनि आकर्षित गर्न सके ढिलै –चाडै भए पनि यहाँको दक्ष जनशक्तिलाई यतै राखि उनीहरु संग भएको जोश, जागर र सिप पलायन हुनबाट रोक्न सकिनेछ । र यदि ३ थरिको मान्छे मिल्ने हो भने राम्रो संग सफल तरिकाले काम गर्न सकिन्छ र अधिक लाभ लिन सकिनेछ ।
संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्स, स्टिभ जब्स, मार्कजुकरबर्ग, मुकेश संबानी र नेपालका उद्योगपति बिनोद चौधरी र अन्य व्यवसायी सबैले यहिनै गरिरहेका छन ।
उनीहरुले राम्रो तलब दिएर प्रतिष्प्रधात्मक जनशक्ति किन्दै उपयोग गरिरहेका छन र फाइदा लिई देशलाई पनि सहयोग त गरिरहेका छन तर व्यवसायीहरु उत्पादन गर्नमा उनीहरुले केहि नगरेको देखिन्छ, कमसेकम एउटा कर्मचारीलाई उद्यमी बन्न सहयोग गरे उसले हिम्मत गरि आÏनै व्यवसाय गर्न थाल्थ्यो तर यहाँ रोजगारमुखीको प्रवृत्ति मात्रै अप्नाइएको हुदाँ कमैलाई धेरै लाभ होला तर लामो अवधीको लागि सबैलाई यो घातक सम्झौता हुन आउनेमा कुनै दुई मत छैन ।
एक जना मात्र सफल भएर हुदैन, सबै संगै सफल हुदै गएमा मात्र समानताको भावना आउनुको साथै काम पनि राम्रो र यसलाई परिमार्जित गरेर अगाडि लग्न रमाइलो पनि हुने थियो र काम यस्तो गर्न मज्जा आँउछ जसमा मनोरञ्जन पनि जुडिएको होस् यानि आफूलाई गर्न मन लागेको कामनै हो ।
इमेल– moinuddin_200000@yahoo.com
No comments:
Post a Comment