Friday, December 12, 2014

हामी नेपालीको कहिले नसुध्रिने बानी



– मोइन उद्दिन



अचम्म लागेर आउँछ मलाई, हामी नेपालीको बानी देखेर पनि कस्तो घिन र लाज महशुस हुन्छ । अस्ती भर्खरै राज्यले १८औं सार्क शिखर सम्मेलनको अवसर पारेर सार्कका अतिथीलाई देखाउनको लागि भए पनि अचानक थोरै समयमा काठमाडौंलाई नयाँ दुलहीलाई सिंगारेझै सिंगारिदियो ।

तर सार्क सम्मेलन सिध्ने बित्तिकै सरकारले पनि सुरक्षा कम गर्‍र्यो राजधानीमा र त्यस माथि बटुवाहरु पनि आÏनो गन्तव्य तर्फ लाग्न न आकासे पुल चढेर बाटो काटे, न त कुनै ट्राफिक नियमको पालनानै गरे –हिडे सरासर त्यै नयाँ बनाइएका सडकको बिच्चोमा रहेर, सानो बगैचालाई कुल्चेर आÏनो गन्तव्य तिर ।

ति बटुवाहरुले कसरी हिडे भन्ने त फेसबुक र टिवटरमा अहिले सबले हेरेर सेयर गरिराछन फोटोहरु –कस्तो बानी रैछ हामी नेपालीको भनि स्ट्याटस पनि लेखेर राखिराछन ।

अचम्म लाग्छ हाम्रो बानी देखेर । सबले सरकारलाई दोष दिन्छन, हुन त सरकारको पनि कमजोरी छैन भन्न खोज्या होइन, छ उसको पनि गल्तीहरु तर मुख्य दोषी त हामी जनताको हो नि । न हामीले अनुशासन पालना गर्छौ । न हामीलाई आÏनो बाहेक अरुको बाल मतलब लाग्दैन ।

आÏनो बाऊको गा छैन, ह्या ल हिडौ न त फोडौं न त भनेर हामी फोड्छौं पनि र यो गर्दा समेत अनुशासन तोड्दा समेत कसैले केहि नभन्दा न हामीलाई कार्वाहीनै गर्दा झन हामीमा जोशमा होश र फेरि जोश थपिदै जान्छ यस्तो कार्य गर्न ।

मलाई लाज लागिराछ यो कुरा लेख्न कि हामी कस्तो संस्कारमा हुर्केका हौं भनेर, न हामीलाई कसैले सिकाए, न थोरै बहुत सिकाएका र सिकेकाहरुले पालनानै गरे । यदि गर्‍र्या भए हाम्रो देश साह्रै सुखी हुने थियो । ऊ सधै नयाँ दुलहीझै राम्री देखिनै रहन्थी ।

सरकारले र निजी स्तरबाट नियम र त्यस नियमको कार्यान्वयनको जरुरी भैसकेको छ । नियम पालना नगर्नेलाई कडा कार्वाही गर्नु र सबैको सामू ल्याई पाठ सिकाउनु बाहेक अरु विकल्प मैले देखेकै छैन यदि तुरुन्तै सबमा व्यवहार परिवर्तन गर्न चाहने हो भने ।


इमेल– moinuddin_200000@yahoo.com



No comments:

Post a Comment