Monday, December 22, 2014

अब के भन्ने अरुलाई ?


 – मोइन उद्दिन

हामी मानिसमा अनौठो बानी छ, अब के भन्ने, सबमा यो बानी मज्जा संग टासिंएर बसेको छ । हामी हाम्रो जीवन राम्रो होस्, अरुले हामी संग मिठो तरिकाले बोलिदेओस्, राम्रो पाराले के छ, कस्तो छ भनेर सोधि देओस्, कहिले काहिं आफूबाट जानेर या नजानेर गल्ती भएमा तुरुन्तै माफी गरि देओस्, अनि हामीलाई भेट्न आउँदा कहिले काहिं (हुन त हरेक बेला) केहि कोसेली ल्याइ देओस्, राम्रो राम्रो कुरा गरोस्, रेस्टुराँमा लगेर लजिज खाना खुवाँओस् र बिल पनि ऊ आफैले तिरोस्, हाम्ले तिर्न खोजे जस्तो नाटक गरे तामा पनि उसैलेनै नाइ नास्ती गरेर तिरिदेओस्, इत्यादी कुराहरु प्राय चाहन्छौ ।

हामीमा गज्जबैका  अर्को बानी छ र त्यो हो अरुलाई अनेक गहकिलो प्रवचन दिने बानी, हाम्रो फिलोसोफिकल वाणी सुनेर पालना गरोस भन्ने हाम्रो भग्वान संग प्रार्थना हुने गर्छ । झन कोहिले म बिरामी छु मात्र के भन्यो भने, त्यै ठाउँका ठाउँमा आफू वरिष्ठ डाक्टर हुँ है झै गरेर अनेक यो त्यो औषधी सेवन गर यो लाउँm, त्यो पिउँm भनेर उसको दिमागमा त्यस्तै उस्तै औषधीहरु प्रिस्क्राइब गर्छौ पनि र त्यो मानिसले त मान्छ पनि र हामी हाम्रो कलेजै नगइकन , लाखौ पैसा नतिरिकन आर्जेको ज्ञान प्रति धन्य हुन्छौ पनि । बेचारा डाक्टरी पढ्ने भनेर कस्सेकाहरुलाई त कस्तो हुने होला, ऊ खर्चिन्छ लाखौ लाख त्यै पनि पढ्न पाउँदैन र यहाँ सितैमा उपचार भैराछ, कस्तो मुटु पोल्ने होला यि डाक्टरहरु को ?

झन अर्को स्वादिलो बानी के छ भने हामीमा, लाञ्छना लाउन त कतै पाठशाला नगैकन सिकेछौ, “हेर त त्यो केटी, कस्ती झर्‍याऊ लाग्दी है, हेर न त्यो लुगा लाउने तरिका, कस्तो बेरिङ्ग, हेर न अस्ती त्यो छ नी अर्की दामी केटी के, हो त्यो मूली त त्यो खाते संग लागि भन्या, हामी के झण्डु बाम दल्न गएका थियौ र , कस्तो आखै फुट्या रैछे यसको त– छ्या कस्तो पात च्वोइस रैछ यसको, खाली शरिर मात्र दामी रैछ, अकल त भुसै रैछ, यस्तै अनेक कुरा हुन्छ, चिया पिउँदै गफ गर्दा, या अनायासै साथी संग काम नपाएर बरालिदाँ । तर यि कुराहरु कसैले हामीलाई भन्दा, कत्ति आत्तिन्छौ हामी, फुटाइदिउ, कि क्या हो त्यो पाखेलाई जस्तो रिस उठ्छ । हामी अरुलाई त यसो गर उसो गर भनेर सल्लाह त दिन्छौ तर आफूले कहिले पनि बोलेका कुरालाई पालनानै गर्दैनौ र झनै अघि सम्म भुसै भुसले भरिएको केटीले बोल्न आउँदा हामी क्या खुसी हुन्छौ तर बिर्सिन्छौ कि, के म त्यो खाते त होइन, जुन मैले अघि भन्या थे त्यो मूलालाई, साथी संग चिया पिउँदै गर्दा, यहि केटी त हो र अहिले म संग बोल्न आउँदा म क्या उडिराछु ।

यस्तै बानी छ हाम्रो, प्रवचन अरुको लागि ठिक हुन्छ तर त्यै आÏनो लागि विष सरह लाग्न थाल्छ । किन हामी पालना गर्दैनौं ति नियमहरु, र किन अपेक्षा गर्छौ अरुले पालना गरिदेओस् भनेर । हामी मानिस अरुमा हजारौ खोट देख्छौ, कनि कनि खोज्छौ र खोजिनै रहनेछौ तर आफू पनि त हजारौं खोटले भरिएको प्राणी हौं भनेर वास्तविकतालाई मान्न चाहिं तयार कदापी छैनौ र मान्दा नि मान्दैनौ ।

त्यै भएर त अरुले पनि हामीलाई त्यै अनुसार हेर्छन –खोटै खोटले भरिएको मानिस । भनिन्छ जे गरिन्छ, जे सोचिन्छ, जे भन्निछ अरुको लागि हामी पनि त आखिरमा त्यहीनै हौँ । अब के भन्ने अरुलाई, मज्जा संग थहाँ पाउनु भयो नि है ?



इमेल– moinuddin_200000@yahoo.com



No comments:

Post a Comment