Friday, December 12, 2014

बेचबिखन (अब कसलाई गरिब भन्ने ?)


– मोइन उद्दिन


मलाई रेडियो सुन्न निकै मन लाग्छ । यो एउटा साथी जस्तै हो मेरो । धेरै कुरा भन्छ, मैले मनमा जान्न खोजेका कुरा यसले आफै भनिदिन्छ, मज्जाको गीत पनि बजाइदिन्छ । बहुगुणले भरिएको छ मेरो साथी “रेडियो” ।

केहि दिन अघि, राती सुत्ने बेलामा रेडियोमा चेलीबेटी बेचबिखन बारे कार्यक्रम सुने । कसरी यो हुदो रहेछ, के कारणले, कसले गर्दा रैछन, किन हुन्छ –सब सुने । साह्रै नरमाइलो लाग्यो । तर मानिस संग बिकल्प नभए के नै गरोस् त ? मान्छेमा ज्ञान छ, आजकलका केटीमा यसको बारेमा ज्ञान छैन होला ? छ सबैमा छ, यो नराम्रो काम हो, यस्तो गर्नु हुदैन, यसले आफू पापी भइन्छ र अन्यलाई दोषी बनाउन तर्फ लागिन्छ यदि यस्तो कार्य गर्‍र्यो भने भन्ने कुरा मज्जा सित थाहाँ छ तर थहाँ मात्र पाएर के गर्ने – कत्ति अवस्थामा परिस्थतीले हत्कडी लगाइदिदाँ भाग्य त्यसै छटपटिन थाल्छ र ऊ विवश भएर त्यसै अवश्था अनुरुप चल्न थाल्छ । अरे बा–आमालाई आÏनो सन्तानको माया लाग्दैन र ? लाग्छ तर गरिबीले नमिठो तरिकाले पिटे पछि कसले सहन सक्छ र ? मान्छेलाई लट्ठीले पिट्दा ऊ त भाग्न खोज्छ भने गरिबी त निकै भयंकर चोट हो, यसबाट हरकोही भाग्न चाहन्छ, त्यै भएर त एउटा पिटाइ खाने मान्छेले आफूलाई पिटाई खानबाट रोक्न हातलाई माथि या त केहि कुराले रोक्न खोज्छ भने ति बा–आमाले पनि त गरिबीलाई रोक्न आफू संगै भएका कुराहरु प्रयोग गरि रोक्न खोज्छन, ऊ संग के नै छ र? उसका छोरा –छोरी र श्रीमती बाहेक र तिनीहरुलाई ज्ञान पनि नभएको होइन, छोरा–छोरीले देखिराछन आÏनो नियती, कुन घरमा हुर्किराछु र कसले मलाई जन्मायो भनेर ठूलै ज्ञान छ र त ऊ पनि जानेरनै आफूलाई सुम्पिन्छन ।

हामी मध्ये कत्ति काठमाडौं भागेर आएका होलाऊ । कत्ति भारतबाट नेपाल आए र काठमाडौंकाहरु विदेश गए, किन त ? यहि त हो, गरिबीबाट उम्किन, अब कसलाई गरिब भन्ने, यो पनि बढी गाह्रै छ, गाउँमा भएकाहरु आफू गरिब छु भनि काठमाडौं आउनु पर्‍र्यो अनि मात्रै धनि बनिएला भनेर सपना बोकी छिर्छन र काठमाडौंमा भएकाहरु विदेश जानुपर्‍र्यो अनि पैसा कमाइएला भनेर सोच्छन । विदेश गएकाहरु उता घरमा बा–आमा, आफन्तजनलाई पैसा पठाउन नपाएकोमा र यता आफू यातनामा मात्रै परि राखेकोमा गरिब ठान्छन –विडम्बना पो छ त यहाँ, विचल्ली छ यहाँ हरकोहीलाई ।

मानिस बेचबिखन हुनबाट पहिला मानसिक्ता परिवर्तनको जरुरी छ –आफू लगायत समाज अनि पुरै देश र संसारवासीको मानसिक्ता परिवर्तनको जरुरी छ र यो चाडै हुने वाला छैन, गरिबीले आखिर गाडेकै छ आÏनो प्रभुत्व, यसलाई नउखेले सम्म यो कहाँ सम्भव छ र ?



इमेल– moinuddin_200000@yahoo.com

No comments:

Post a Comment